भन्सार विभागले खोल्यो ६ सय ६० एजेन्टका लागि लाइसेन्स
यदी तपाई भन्सार एजेन्ट बन्न इच्छुक हुनुहुन्छ भने लाइसेन्स खुलेको छ । भन्सार विभागले एक सूचना जारी गर्दै भन्सार एजेन्टको इजाजत लिन इच्छुक व्यक्तिका लागि अनलाइन दरखास्त आह्वान गरेको छ । सूचना अनुसार लाइसेन्स लिनका लागि आवश्यक न्युनतम योग्यता मान्यताप्राप्त शिक्षण संस्थाबाट स्नातक वा सो सरह उत्तीर्ण गरी कम्प्युटर सम्बन्धी कम्तिमा तीन महिनाको आधारभूत तालिम लिएको हुनुपर्ने र २१ वर्ष पूरा भएको नेपाली नागरिक हुनुपर्ने उल्लेख गरिएको छ ।
यस्तै नेपाल सरकारलाई तिर्न बुझाउन पर्ने रकम बाँकी नभएको हुनुपर्ने छ । कुनै फौजदारी अभियोगमा अदालतबाट कसूरदार प्रमाणित नभएको हुनुपर्ने छ ।
Advertisement 1
परीक्षाको किसिम लिखित र अन्तर्वार्ता हुने सार्वजनिक सूचनामा उल्लेख गरिएको छ । परीक्षा केन्द्र काठमाडौं उपत्यकाभित्रमात्रै हुनेछ । दरखास्त दस्तुर तीनहजार रुपैयाँ तोकिएको छ । दरखास्त वैशाख ५ गतेसम्म दिन सकिनेछ । दोब्बर दस्तुर तिरेर वैशाख १२ गतेसम्म दरखास्त बुझाउनुपर्नेछ ।
Advertisement 2
२१ वर्ष पूरा गरेका नेपाली नागरिकले www.customs.gov.np वेवसाइटमा गएर दरखास्त दिन सक्नेछन्। त्यसका लागि मा रहेको भन्सार एजेन्टको अनलाइन दरखास्त प्रणाली लिंकमार्फत् दरखास्त दिनुपर्नेछ।
Advertisement 3