घट्यो पेट्रोल र डिजेलको मूल्य, घटेको मूल्य बुधबार रातिदेखि लागू
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएको भन्दै निगमले पेट्रोलमा प्रतिलिटर सात र डिजेलमा पाँच रुपैयाँले मूल्य घटाएको विज्ञप्तिमार्फत जानकारी दिएको हो ।
Advertisement 1
जसअनुसार पेट्रोलको प्रतिलिटर पहिलो वर्गमा १६८.५, दोस्रोमा १७०, तेस्रोमा १७१ रुपैयाँ पुगेको छ । त्यस्तै, डिजेलको प्रतिलिटर पहिलो वर्गमा १५१.५, दोस्रोमा १५३ र तेस्रो वर्गमा १५४ रुपैयाँ पुगेको निगमले जनाएको छ । घटेको मूल्य बुधबार रातिदेखि लागू हुने जनाइएको छ ।
प्रकाशित :२०८१ जेष्ठ २, बुधबार २०:००
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%