गुप्तचरका हाकिमका गोप्य कुरा लेखापाल झन छुरा
अञ्जनकुमार ।
Advertisement 1
हाकिम र एकाउन्टेन्टको कुरो नमिल्दा राष्ट्रिय अनुसन्धान विभाग लमजुङमा रमाइलै घतलाग्दो घटना सार्वजनिक भयो । निकै हर्षित मुद्रामा बिदाई भएर हिड्न ठीक्क परेका विभाग एक्कासि रुखबाट पात झरेझै भए । हातमा बुद्धको मुर्ति थियो । गलामा माला र निधारमा अवीर । लमजुङबाट बिदाइ भएर हिड्ने प्रायः सबै कार्यालय प्रमुखहरुलाई दिइने साझा उपहार त्यही हो । बुद्धको मुर्ति नै लिएपनि केही कार्यालय प्रमुख बाहेक बिदाई भएर हिडेका कार्यालय प्रमुखहरु बिबाद रहित भने हुन सकेनन । पछिल्लो समय निकै बिबादास्पद बने राष्ट्रिय अनुसन्धान विभागका प्रमुख धिरज बानियाँ ।
गत माघ २४ गते राष्ट्रिय अनुसन्धान कार्यालय लमजुङबाट सरुवा भइ काठमाडौं जान लागेका बानियाँलाई जिल्ला प्रशासन कार्यालय लमजुङको हलमा जिल्ला स्थित सबै कार्यालय प्रमुखको उपस्थितिमा बिदाई कार्यक्रमको आयोजना गरियो । करीब नौमहिना बसेर अनुसन्धान विभाग सिहदरवार काठमाडौं जाँदै गरेका बानियाँ हिड्ने बेला नराम्ररी ठेस लाग्यो । बुद्धको मुर्ति ग्रहण गर्दै २५ गते कुम्लोकाम्लो बेडबिस्तरा कसेर गाडी चड्न ठिक्क परेका बानियाँलाई फोन आयो तपाईंको बारे अनुसन्धान गर्नुपर्ने देखियो जहाँ हुनुहुन्छ त्यही रोक्नु । अफिस र दायाँबायाँका अरुसंग हात हल्लाएर गाडी चढ्न लागेका बानियाँ शीताङ्ग भए । गाडीमा कोचेको सामान निकाल्न पर्यो । जिल्लामा भर्खरै मात्र आएका प्रजिअ उमाकान्त अधिकारी पनि चित खाए अनुसन्धान अधिकारी माथिनै अनुसन्धान त्यसमा पनि घोटाला काण्डमा ।
Advertisement 2
खासै काम नहुने अड्डा । २०७२ सालअघि यो विभागमा जसको पहुँच छ उसैले जागीर पक्का ।०७२ पुर्व राजनीति नेताका आफ्ना लुरेल्याङ्ग्रे भाइ भतिज आफन्तलाई जागीर खुवाउने सरकारी अड्डाका रुपमा परिचित यो सस्थाको विभिन्न कालखण्डमा भएको राजनीति परिवर्तन सगै यसको नामपनि सेन्ट्रल इन्टिलेजेन्स व्युरो, नेपाल सरकार गुप्तचर विभाग, नेपाल गुप्तचर विभाग, नेपाल जनसम्पर्क प्रधान कार्यालय हुँदै राष्ट्रिय अनुसन्धान विभाग बन्यो । गुप्तचरको काम सूचना संकलन र गोप्य राख्ने होला । तर आफ्नै सूचना गोप्य राख्न सकेन गुप्तचर विभाग लमजुङले भने । हालसम्म न कुनै फलदायी गोप्य सुचना प्राप्त गर्न सकेको छ न उसले गरेको रिपोर्टिङ नै विश्वासनीय छ । गत सघिय निर्वाचनमा उसको रिपोर्टिङ थियो सत् प्रतिशत माओवादीका देव गुरुङले जित्ने तर रिजल्ट उल्टो भयो ।
गुप्तचरका आफ्नै गोप्य सूचना बाहिरिएपछि बाटो लागेका बानियाँको मुहारमा कालो पोतियो । आधा दर्जनपनि कर्मचारी नभएको सो कार्यालयको लमजुङमा आफ्नै भव्य भवन छ । विगत १३ वर्षदेखि रजगज चलाउदै आएका छन् लेखापाल भोजबहादुर राना मगरले । पछिल्लादिनमा लेखापाल राना र हाकिम बानियाँको बीच राम्रो मिल्ती नभएसी एउटा सूचना बाहिरियो नक्कली घर भाडाको । त्यसमा पनि केही कर्मचारी प्रशासन कार्यालयको आवासमा बस्दै आएका छन । भने स्वास्थ्यले खासै साथ नपाएका युवराज कुमाल जस्ता तल्लो तहका कर्मचारी आफ्नै खर्चमा कोठा भाडामा बसेका छन । तर हाकिम बानियाँले मासिक ७ हजार र ५ हजारका दरले बेसीशहर(८ र राइनास नगरपालिका (४ मा कोठा भाडाको सम्झौता बनाई रकम कुम्ल्याएको समाचार आयो ।
Advertisement 3
आव २०८० साउनदेखि ०८१ असार मसान्तसम्म कोठा भाडामा लिइएको तर अनुसन्धानका कुनै कर्मचारी नबसेको घरबेटीसंग मिलाएर रकम खाएको बानियाँलाई बात लागेपछि छानबिनमा तानिए । साइत गरेका बानियाँमाथि राष्ट्रिय अनुसन्धान प्रदेश विभाग पोखराबाट खटिएका टोली अनुसन्धान थाल्यो । अनुसन्धान बानियाँ माथि मात्रै भएन गलत सही जे भएपनि अफिसियल सूचना बाहिरिनुमा लेखापाल रानाको नै हात भएको ठहर गर्दै उनलाई पनि पोखरा तानियो । प्राप्त सूचना अनुसार बानियाँले राइनास नपा र बेनपामा गरि दुईकोठाको ०८१ साउनसम्मका लागि भाडा सम्झौता गरेका थिए ।तर बानियाँ निर्धारित समय अगावै सरुवा हुन लागेपछि पुषसम्मको मात्रै कोठा भाडा रकम ६४ हजार ८ सय हात पारे । बेसीशहरमा लिइएको कोठाबाट करकट्टा गरी ६ महिनाको ३७ हजार ८ सय र राइनास नपामा लिइएको भनिएको कोठाको २७ हजार लिएका थिए । यी दुवै कोठाको सम्झौता भने मंसिर २१ गते मात्रै गरिएको थियो । बानियाँ आफै कम चतुरो त थिएनन् तर घरभित्रकै दुश्मनले उनको चतुर्याइँ माथिनै प्रहार गरेको एक अनुसन्धान अधिकारीको बुझाइ छ । बानियाँले बेसीसहरका घरधनी चन्द्रबहादुर अधिकारीको रा।वा बैँक खाता नं। ३०४०१०००२४९४७०१० र अर्का घरधनी राइनास नपाका टस बहादुर गुरुङको सिटिजन्स बैँकको खाता नं। ०८७०१०००००५१४०४५ रकम जम्मा गरेको देखिन्छ । घरधनीकै खातामा रकम जम्मा भएपनि केही कमिसन दिएर हाकिम बानियाँले कुम्ल्याएको रहस्य रानाबाट पर्दाफास भएको अनुसन्धानका क्रममा खुलेको हो ।
१३ वर्षदेखि लमजुङमै बसेका लेखापाल ९असई० रानाले विगतमा बेनपा(२ तिर आफन्तकोमा कोठा भाडामा लिएर खाने गरेको हल्ला नचलेको होइन । तर त्यसको आधिकारिक पुष्टि नभएपनि कार्यालय नजिकैको मेडिकल पसलबाट पटकपटक फर्जी बिल बनाएर रकम असुली गरेको, रासन पसलेलाई सामान लगेको भन्दा दोब्बर बढाएर बिल बनाउन लगाई रकम असुली गर्ने गरेको तर पछि रासन व्यापारी र मेडिकलवालाले त्यस्तो बिल दिन छाडेपछि बोलचाल मात्रै हैन जुन पसलबाट रासन खान्थे उनले नै ती पसलबाट कारोबार बन्द गरेको रहस्य खुल्यो । फागुन ८ गते ११ बजे प्रदेश कार्यालय पोखरा पुगेका उनै रानाको खाईपाई आएको दुईग्रेड घटुवा भएको समाचार प्राप्त भएको छ । बाँदर बढी बाठो भयो भने के जाती च्यापिन्छ भनेझै अर्कालाई मात्रै फसाउछु भन्ने दाउमा रहेका राना आफैंले खनेको खाल्डोमा परेको जिल्ला प्रशासनतिर राम्रै चर्चा चलेको छ । अनुसन्धानका क्रममा पोखरा रहेका बेला पून लमजुङ फर्कन पावर एक्सर्साइज गरेतापनि उनको मनाङ सरुवा भएको छ । तनहुँका रानाले काङ्ग्रेसी पावर तेर्साएको , अहिलेका हाकिम बिष्णु पंडित पनि तनहुँ कै भएकोले लमजुङ नै फर्कने उनको चाहनामा खिया लागेको छ । सईको लाईनमा भएका रानाको जागिर अवधि पुगनपुग दुईवर्ष छ । भने, उनी असईमै चित्त बुझाएर घर फर्कन सक्ने एक अनुसन्धान अधिकृतले बताएका छ्न ।