त्रिवि सेवा आयोग सदस्यको लागि दरखास्त आह्वान, आवेदन दिन ६५ वर्ष उमेर ननाघेको हुनुपर्ने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको रिक्त सदस्य पदको लागि दरखास्त आह्वान भएको छ । सदस्य पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले ‘त्रिभुवन विश्वविद्यालय सेवा आयोगको सदस्य छनोट तथा सिफारिससम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८०’ बमोजिम शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दरखास्त आह्वान गरेको हो ।

योग्य व्यक्तिले शिक्षा मन्त्रालयको वेबसाइटमा प्रकाशित कार्यविधिमा उल्लेखित कागजातसहित १९ देखि २८ चैतसम्म आवेदन दिन सक्नेछन् । ‘त्रिभुवन विश्वविद्यालय सेवा आयोगको सदस्य छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८०’ मा उमेर हद कायम गरिएको थिएन । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले कार्यविधि पहिलो संशोधनमार्फत आवेदन दिने उम्मेदवारको उमेर हद ६५ वर्ष राखेकी हुन् ।
त्रिभुवन विश्वविद्यालय सेवा आयोगमा प्राध्यापकको तर्फबाट नियुक्त हुने पद पूरा समय कायम गर्ने व्यवस्थापकीय पदसमेत भएकाले उमेर हद कायम गरिएको संशोधित कार्यविधिको पुष्टयाईमा उल्लेख छ ।

प्रकाशित :२०८० चैत्र १८, आईतवार १३:४४
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%