उत्कृष्ट कर्मचारीको तक्मा थापेकी अधिकृत भ्रष्टाचारी ठहर,६ महिना कैद सजाय

पछिल्लो समय निजामती वृत्तमा पुरस्कार र तक्माको इज्जत घट्दो छ । तक्मा र पुरस्कार थाप्नेहरुले त्यसलाई जोगाउन नसक्दा यस्को गरिमा खस्कन थालेको छ । सिफारिस समितिले पनि उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई हेरेर होइन कि आफ्नो दलको हो वा होइन भन्ने आधारमा नाम सिफारिस गर्दा पुरस्कार र तक्माको गरिमा ओरालो लाग्न थालेको छ ।

Advertisement 1

यस्तै देखिएको छ राष्ट्रपतिको हातबाट थाप्ने पदकको हाल । ०७९ वैशाख १ गते राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट मानपदवी थापेकी एक कर्मचारी दुई साता नबित्दै घुस सहित पक्राउ परिन । उनी हुन लेखा महत्त पनेरु । उनी जिल्ला मालपोत कार्यालय ताप्लेजुङका अधिकृतको रुपमा कार्यरत रहँदा डेढ लाख घुसरकमसहित पक्राउ परेकी हुन । अख्तियारबाट खटिएका कर्मचारीले अधिकृत पनेरुलाई एक लाख ५० हजार घुससहित पक्राउ गरेर विशेष अदालतमा मुद्धा दायर गरेको थियो । विशेष अदालतले शुक्रबार लेखालाई ६ महिना कैद, एक लाख ५० हजार रुपैयाँ बिगो र बिगोबमोजिम जरिवाना हुने सजाय सुनाएको छ ।

पनेरुलाई सोवाग्राहीबाट लिएको रु एक लाख ५० हजारसहित नियन्त्रणमा लिएको थियो अख्तियारले । बाबुका नामको जग्गा दाखेल खारेज गरी नयाँ लगत दर्तासहित छोराका नाममा पास गरिदिएबापत सेवाग्राहीबाट रु एक लाख ५० हजार रकम लिएको अभियोग लागेको छ । उनी वैशाख १ गतेमात्र राष्ट्रपति विद्यादेवी भण्डारीले प्रवल जनसेवा श्री चतुर्थबाट पुरस्कृत भएकी थिइन ।

Advertisement 2

पुरस्कार थापेको दुई साता पछि नै घुससहित पक्राउ परेकी पनेरुलाई विशेष अदालतले २१ महिनापछि घुस प्रकरणमा दोषी ठहर गर्दै ६ महिना कैद, एक लाख ५० हजार रुपैयाँ बिगो र बिगोबमोजिम जरिवाना हुने सजाय सुनाएको छ ।

प्रकाशित :२०८० माघ १२, शुक्रबार १७:१३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry