१६ हजार परीक्षार्थीको भीडबाट छानिए २१७ शाखा अधिकृत
लोक सेवा आयोगले राजपत्राङ्कित तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह पदको परीक्षाको अन्तिम नतिजा सार्वजनिक गरेको छ । आयोगले प्रशासन सेवा,सामान्य प्रशासन,लेखा परीक्षण,संघीय संसद सेवाको लागि गत असारमा सञ्चालित परीक्षाको नतिजा आज सार्वजनिक गरेको हो ।
Advertisement 1
प्रारम्भिक परीक्षामा १५ हजार ९८४ जना सहभागी भएका थिए । उनीहरुमध्ये दोस्रो, तेस्रो र अन्तिम चरणको अन्तर्वार्ता परीक्षामा जम्मा १४३ जना छनोट भएका थिए ।
आयोगको विज्ञापन नम्बर १६६९९।०७९/८० (खुला), १६७००।०७९/८० (महिला), १६७०१।०७९/८० (आदिवासी जनजाति), १६७०२।०७९/८० (मधेसी), १६७०३।०७९/८० (दलित), १६७०४।०७९/८० (अपाङ्ग) र १६७०५।०७९/८० (पिछडिएको क्षेत्र) तर्फ २ सय १७ जनाको नाम नियुक्तिका लागि सिफारिस गरिएको हो । उनीहरुलाई माघ ९ गतेदेखि २६ गतेसम्म अन्तर्वार्ता लिएर अन्तिम नतिजा सार्वजनिक गरिएको हो ।
शाखा_अधिकृत_एकीकृत