लोक सेवाको लिखित परीक्षा स्थगन

प्रदेश लोक सेवा आयोगले लिखित परीक्षा तत्कालका लागि स्थगन गरेको छ । आयोगले प्राविधिक कारणले अर्को सूचना प्रकाशन नभए सम्मका लागि तत्कालका लागि स्थगन गरेका हो ।
Advertisement 1
शुक्रवार गोरखापत्रमा एक सूचना जारी गर्दै आयोगले प्रदेश लोक सेवा आयोग मधेस प्रवेश, जनकपुरधाम परीक्षा शाखाले लिखित परीक्षा स्थगन गरिएको जनाएको हो ।
सूचना नं. १६४– २०८०/८१ प्रकाशन मिति २०८०।१०।२५ यस आयोगको पूर्व प्रकाशित सूचना अनुसारको मिति २०८० ।१०।२९ गते र सो पछिका सम्पूर्ण लिखित परीक्षाको कार्यक्रम प्राविधिक कारणले अर्को सूचना प्रकाशन नभए सम्मका लागि हाललाई स्थगन गरिएको जनाएको हो । आयोगको मिति २०८०।१०।२५ गतेको निर्णय गरी परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।
Advertisement 2
प्रकाशित :२०८० माघ २६, शुक्रबार ०९:३७
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%