उपसचिव अधिकारी भ्रष्टाचारी ठहर
चार बर्ष अघि घुससहित पक्राउ परेका एक उपसचिवलाई विशेष अदालतले दोषी करार गरेको छ । गत ७४ साल चैत्रमा काठमाडौंको बुढानिलकण्ठ नगरपालिकामा कार्यरत रहँदा उपसचिव लीला अधिकारी ५ लाख रुपैयाँ घुससहित पक्राउ परेकी थिइन । बूढानीलकण्ठ नगरपालिका–२ बाँडेपाखामा रिजर्भ वायर पानी ट्याङकी निर्माण कार्य सम्पन्न गरेपश्चात कार्य अनुभवपत्र लिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिइरहेको अबस्थामा अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको थियो।
अख्तियारले अधिकारीसहित इन्जिनियर बिजेन्द्र श्रेष्ठलाई स्टिङ अप्रेसनको क्रममा पक्राउ गरी तीन बर्ष अघि ०७५ वैशाख २३ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो। जुन मुद्धामा विशेषले दुवैलाई दोषी ठहर गरेको हो।
सोही मुद्धामा विशेष अदालतका न्यायाधीशद्धय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले उपसचिव लिला अधिकारीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो।