आयल निगमको बेइमानी, लगातार लागत घट्दा पनि घटेन इन्धनको भाउ

नेपाल आयल निगमले उपभोक्तामाथि अचाक्ली गरिरहेको भन्दै उपभोक्तावादीहरु विरोध गरेका छन् । अरु समयमा भारतीय आयल कर्पोरेसनले मूल्य बृद्धि गरे लगतै नेपाल आयल निगमले समेत पेट्रोलियम पर्दाथको मूल्यबृद्धि गर्दै आएको थियो ।

Advertisement 1

तर भारतीय आयल कर्पाेरेसनले दुई पटकसम्म मूल्य घटाएर पठाउँदा समेत उस्ले मूल्य समायोजन गरेको छैन ।नेपाल आयाल निगमले पछिल्लो पटक पठाएको नयाँ मूल्यसूची अनुसार,नेपाल आयल निगमलाई पेट्रोलमा प्रतिलिटर १३,डिजेलमा प्रतिलिटर ११ रुपैयाँ नाफा हुनेछ । यस्तै मट्टीतेलमा प्रतिलिटर ३५ रुपैयाँ नाफा हुनेछ। यस्तै, हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर ४२ रुपैयाँ नाफा हुनेछ।यही मूल्यसूचीमा पेट्रोलियम पर्दाथ बेच्दा उस्लाई १५ दिनमा मात्र झण्डै ६० करोड मुनाफा हुनेछ ।

नेपाल आयल निगमको आयल निगमका कार्यकारी निर्देशकमा उमेश थानी कार्यरत छन् । यस्तै आयल निगमको अध्यक्षको भूमिकामा रहन्छन् वाणिज्य तथा आपूर्ति सचिव तोयम राय । यस्का अलवा नेपाल आयल निगम सञ्चालक समिति बोर्डमा उद्योगकै सहसचिव राधिका अर्याल,अर्थका सहसचिव आनन्द काफ्ले,गुणस्तर तथा नापतौलको डिजी दिनानाथ मिश्र र वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभागका हाकिम महेश भट्टराई वोर्डमा रहेका छन् ।
यही वोर्डले स्वचालित मूल्य प्रणाली अनुसार पेट्रोलियम पर्दाथको मूल्य समायोजन गर्नुपर्नेमा नगरेर उपभोक्ताको ढाड सेक्ने काम गरिरहेको छ ।

Advertisement 2

No description available.

शुद्ध काँग्रेसीका रुपमा चिनिएका उमेशलाई आयल निगममा लैजानका लागि निर्देशिका परिवर्तन गर्नेदेखि तत्कालीन सचिवलाई हटाउनेसम्मको काम गरिएको भेटिएको छ । सर्वोच्च अदालतको आदेशको बर्खिलाप हुनेगरी अयोग्य पात्रलाई ल्याउन नहुने अडान राख्दा आयल निगमको अध्यक्ष तथा आपूर्ति मन्त्रालयका तत्कालीन सचिव दिनेश भट्टराईलाई नै त्यहाँबाट खेद्ने काम भएको थियो ।

Advertisement 3

थानीलाई त्यहाँ लैजानकै लागि उद्योग मन्त्रालयले निर्देशिका संशोधन गरी ‘सार्वजनिक निकायको पदाधिकारी नियुक्ति र मनोनयनसम्बन्धी निर्देशिका २०७८’ जारी गरेको थियो। जसमा इञ्जिनियरिङ शब्द घुसाइएकोभेट्न सकिन्छ ।

यसअघि वाञ्छनीय योग्यता सम्बन्धित विषय वा प्रशासन व्यवस्थापन, अर्थशास्त्र वा कानुनमा मान्यताप्राप्त विश्व विद्यालयबाट कम्तीमा स्नातकोत्तर उत्तीर्ण गरी कुनै संस्था वा निकायमा व्यवस्थापकको हैसियतले कम्तीमा ५ वर्षको कार्यअनुभव हासिल गरेको वाक्यांश रहेकोमा त्यसमा इञ्जिनियरिङ शब्द छिराइएको छ थियो । अहिले आयल निगम कमाण्ड गर्ने थानी कांग्रेसनिकट सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर्स नेपालका अध्यक्षसमेत हुन् ।

यसअघि नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति सदस्य, नेपाल इञ्जिनियरिङ परिषद्को सदस्य सचिव थिए । आयल निगमको कार्यकारीमा नियुक्त हुन कम्तीमा ५ वर्ष कुनै पनि निकाय सम्हालेको अनिवार्य अनुभव चाहिने व्यवस्था रहेको भए पनि थानी त्यस्का लागि योग्य थिएनन ।

थानीले एक वर्ष करार सेवातर्फ जिल्ला शिक्षा कार्यालय हुम्लामा इञ्जिनियर,एक वर्ष सेभ द चिल्ड्रेनमा इञ्जिनियर, एक वर्ष ग्रामीण पुनर्निर्माण तथा पुनःस्थापना आयोजना (आरआरआरडीपी) को इञ्जिनियर, नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति सदस्य र नेपाल इञ्जिनियरिङ परिषद्को सदस्य सचिवको हैसियतले ४ वर्ष काम गरेको अनुभव पेश गरेका छन् ।
अहिले उनै थानीले उपभोक्ताहरुमाथि चरम अत्याचार गरेको गुनासो उपभोक्ता हित संरक्षणमा केन्द्रित उपभोक्तावादीहरुले उठाउँदै आएको भए पनि त्यस्को कुनै सुनुवाई आयल निगमबाट भएको छैन ।

प्रकाशित :२०७९ मंसिर १७, शनिबार १४:१०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry