अधिकृतसहित ४ जनाविरुद्ध साढे तीन करोडको भ्रष्टाचार मुद्धा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक अधिकृतसहित ४ जनाविरुद्ध साढे तीन करोड बिगो कायम गरी भ्रष्टाचार मुद्धा दायर गरेको छ ।

Advertisement 1

अख्तियारले झापा र मोरङको बीचमा पर्ने मावा खोला मापदण्ड विपरीत उत्खनन गरेको घटनामा उनीहरुमाथि भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

झापाको दमक नगरपालिकाका वातावरण अधिकृत ज्ञानेन्द्र चौधरी, मिक्लाजुङ्ग गाउँपालिका मोरङका असिस्टेन्ट सबइन्जिनीयर विवेक कार्कीसहित ४ जनाउपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै अख्तियारले साढे करोड बिगो मागदावी गर्दै भ्रष्टाचार मुद्धा दायर गरेको हो ।

Advertisement 2

राजस्व हानी नोक्सानी पुर्‍याएको भन्दै अख्तियारले दमक नगरपालिकाका वातावरण अधिकृत ज्ञानेन्द्र चौधरी र मोरङको मिक्लाजुङ गाउँपालिकाका सब इन्जिनियर विवेक कार्कीविरुद्ध ३ करोड ४४ लाख ११ हजार २८८ रुपैयाँ २५ पैसा राजस्व नोक्सान गरेको दावीसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।

यस्तै ठेकेदार किशन एण्ड दृष्टी विल्डर्स प्रालिका सञ्चालक पशुपति उप्रेती र उनका प्रतिनिधि निशम कार्कीले सम्झौता विपरीत बढी नदीजन्य पदार्थ उत्खनन् गरी गैरकानूनी लाभ लिएको र स्थानीय तहको राजस्व नोक्सान पुर्‍याएको भन्दै उनीहरुविरुद्ध समेत भ्रष्टाचार मुद्धा दायर गरेको छ ।

प्रकाशित :२०७९ पुष १४, बिहीबार १७:५६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry