अर्थका सहसचिवहरुको सरुवा

अर्थमन्त्री डा.प्रकाश शरण महतले केहि सहसचिवहरुको सरुवा गरेका छन् । अर्थमन्त्री डा. महतले शुक्रवार राति मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख सहसचिव भूपाल बराललाई आन्तरिक राजश्व विभागको विभागको नेतृत्व दिने निर्णय गरेका हुन् । शुक्रबारको मन्त्रिस्तरीय निर्णयबाट आन्तरिक राजश्व विगभाको महानिर्देशक दीर्घराज मैनालीलाई हटाएर बराललाई पठाइएको छ ।

Advertisement 1

बरालको ठाउँमा सहसचिव नारायण रिसाल सरुवा भएका छन् । त्यस्तै मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुखमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख टोकराज पाण्डे सरुवा भएका छन् । पाण्डेको ठाउँमा भन्सार विभागका सेवन्त पोखरेल सरुवा भएका छन् । पोखरेलको ठाउँमा आन्तरिक राजस्व विभागका उपमहानिर्देशक टंक प्रसाद पाण्डेयलाई पठाइएको छ ।

त्यस्तै मन्त्री महतले आर्थिक नीति विश्लेषण महाशाखा प्रमुखमा महेश आचार्यको सरुवा गरेका छन् ।

प्रकाशित :२०८० माघ २०, शनिबार १३:३१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry