७४ अधिकृतको सरुवा :- २८ लाई उपत्याका बाहिर पठाइँदा,२५ काठमाडौंमा तानिए(सूचीसहित)

आन्तरिक राजस्व विभागले एकैपटक ७४ जना अधिकृतको सुरुवा गरेको छ । विभागले मातहतका ठुला तथा साना कर कार्यालय र राजस्व कार्यालयका अधिकारीहरूको सरुवा गरेको हो।

Advertisement 1

जसमध्ये काठमाडौं उपत्याकाभित्र कार्यारत २८ अधिकृत उपत्याका बाहिर पठाइएका छन् भने काठमाडौं उपत्याकाभन्दा बाहिरबाट २५ अधिकृत काठमाडौंमा तानिएका छन् । बाँकी २१ जना अधिकृतहरुको उपत्याका बाहिरका एक जिल्लाबाट अर्काे जिल्लामा सरुवा भएका छन् ।
सरुवाको सूचीअनुसार,आन्तरिक राजस्व कार्यालय महाराजगञ्जका सत्यमोहन गुरुङलाई आन्तरिक राजस्व कार्यालय जुम्लामा पठाइएको छ । यस्तै दीपक पौडेललाई ठूला करदाता कार्यालयबाट आन्तरिक राजस्व कार्यालय जुम्ला पुर्‍याइएको छ । गंगाराम भण्डारी ठूला करदाता कार्यालयबाट सुर्खेत पुगेका छन् ।

यस्तै,ओखलढुंगास्थित करदाता सेवा कार्यालयमा कार्यरत कोशलेन्द्र रिजाल बानेश्वरस्थित आन्तरिक राजस्व कार्यालयमा तानिएका छन् । त्यस्तै गुलरियास्थित करदाता सेवामा कार्यरत त्रिविक्रम तिमिल्सिना काठमाडौंको त्रिपुरेश्वरस्थित आन्तरिक राजस्व कार्यालयमा आएका छन् । लुक्लास्थित करदाता सेवामा कार्यरत रमेश भट्टराईको पुतलिसडकस्थित आन्तरिक राजस्व कार्यालयमा सरुवा भएको छ ।

Advertisement 2

 

Advertisement 3

 

 

 

प्रकाशित :२०७८ कार्तिक ६, शनिबार ०७:३३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry