९ कर्मचारीको सरुवा, औषधि व्यवस्था विभाग ढकाल

औषधि व्यवस्था विभागको महानिर्देशकमा नारायण ढकाल नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य मन्त्रालय अन्तर्गतका ९ जना उच्च कर्मचारीको सरुवा गरेका छन् ।

Advertisement 1

भट्टराईलाई प्रयोगशालामा पठाइएको छ। ढकालले महानिर्देशकको पत्र बुझिसकेका छन्। ढकाल लामो समयदेखि भूमिकाविहिन थिए। उनलाई कुनै पनि जिम्मेवारी नदिँदा मन्त्रालयमा हाजिर गर्दै फर्कनुपर्ने अवस्था थियो। ढकाल करिब साढे दुई बर्षपछि पुन विभागमा फर्किएका हुन् । केही वर्षदेखि ढकाल र भट्टराईबीच निरन्तर चल्दै आएको पदको हानाथापले विभागले राम्रो काम गर्न सकेको छैन । विभागमा सरकार परिवर्तन भएपिच्छे महानिर्देशक परिवर्तन भइरहेको हुन्छ । जसको कारण नीतिगत र प्रशासनिक कामले लय लिन सकेको छैन ।

परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको निर्देशकमा डा श्रीप्रसाद अधिकारीले जिम्मेवारी पाएका छन्। यसअघि अस्पतालको निर्देशकमा डा पवनजंग रायमाझी थिए। यस्तै, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशक डा.चुमनलाल दासलाई मन्त्रालयमा तानिएको छ । इडीसीडीको निर्देशकमा राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक डा.रुद्र मरासिनीलाई ल्याइएको छ । उता राष्ट्रिय ट्रमा सेन्टरमा निमित्त मेसुका रूपमा अर्थोपेडिक सर्जन डा.बद्री रिजाललाई तानिएको हो ।

Advertisement 2

राष्ट्रिय तालिम केन्द्रमा डा.अनुज भट्टचनलाई तानिएको छ । परोपकार प्रसूति गृहका निर्देशक डा.पवनजंग रायामाझी र तालिम केन्द्रका निर्देशक डा.यदुचन्द्र गौतमलाई स्वास्थ्य मन्त्रालयमा सरुवा गरिएको छ ।

प्रकाशित :२०८० जेष्ठ १८, बिहीबार ०८:२६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry