कर्मचारी थाकेपछि नगरपालिकाभर सार्वजनिक बिदा !
काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिकाले नयाँ खालको बिदाको शुरुवात गरेको छ । पालिकाले कर्मचारीहरुलाई थकाइ लागेको भन्दै सार्वजनिक बिदा दिएसँगै सामाजिक सञ्जालमा चर्काे आलोचना भइरहेको छ ।मंगलबार नगर कार्यपालिकाको कार्यालयले सूचना जारी गर्दै बिहीबार बिदा गर्ने जानकारी दिएको हो।
Advertisement 1
सूचनामा, नयाँ भवनबाट सेवा शुभारम्भ गर्दा तीन दिनसम्म काम गर्नुपरेकोले जनप्रतिनिधि र कर्मचारी थालेको नगरपालिकाले विज्ञप्ति जारी गरेर जानकारी दिएको छ । कर्मचारी र जनप्रतिनिधिको थाकाई मार्न विद्यालयदेखि सबै संघसंस्थामा बिदा दिइएको नगरपालिकाले जनाएको छ ।
Advertisement 2
आठौँ संविधान दिवसको अवसरमा नगरपालिकाको नवनिर्मित भवनबाट सेवा शुभारम्भ गर्न र दिवस मनाउँदा कर्मचारी र जनप्रतिनिधिलाई थकाइ लागेको भन्दै पालिकाले पालिका थकान बिदा बिदा दिएको सूचनामा जनाइएको छ ।
‘तीन दिनदेखि लगातार व्यवस्थापन गर्ने काममा खटिँदा सम्पूर्ण कर्मचारी तथा जनप्रतिनिधिहरू थकित भएका कारण बिहीबार नगरपालिकाको कार्यालय, यस अन्तर्गतका कार्यालयहरू, विद्यालय लगायत सम्पूर्ण सरकारी तथा गैर(सरकारी संस्थाहरूलाई बिदा गरिएको छ’, नगरपालिकाद्वारा जारी सूचनामा भनिएको छ ।