सार्वजनिक बिदाकै दिन २५ अर्ब भुक्तानी :-सफ्टवेयर सधैं ह्याङ हुँदा रुनु कि हाँस्नु ?

आर्थिक बर्षको अन्त्यमा हिसाब किताब मिलाउनु पर्ने समय । महालेखा नियन्त्रक कार्यालयले चालु आर्थिक वर्षको भुक्तानी प्रणाली आइतबारदेखि बन्द गरेको छ । कार्यालयले कोष तथा लेखा नियन्त्रक कार्यालय,प्रदेश लेखा नियन्त्रक कार्यालय र प्रदेश लेखा ईकाइहरुलाई परिपत्र गर्दै आगामी आइतबारदेखि भुक्तानी प्रणाली बन्द गर्ने निर्देशन दिएको थियो ।

Advertisement 1

नेपाल सरकारको कार्यालयहरुका हकमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली ०७७ को नियम ३० को उपनियम (१) र (२) टिएसए र सिजिएस र प्रदेश तथा स्थानीय तहको हकमा टिएसए र सिजिएस र सुत्र प्रणाली नियमावली ३० को उपनियम ७ र ८ बमोजिम सञ्चालन भइ अन्य प्रणाली बन्द हुने भन्दै कोष तथा लेखा नियन्त्रकले परिपत्र गरेको थियो ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली,२०७७ अनुसार सम्बन्धित आर्थिक बर्ष समाप्त हुनु एक साता अघि नै भुक्तानी प्रणाली बन्द गरिने व्यवस्था रहेको छ ।
सोही अनुसार अन्तिम भुक्तानी गर्नेक्रममा अधिकांश कर्मचारीहरुले दुख पाएका छन् । सरकारी निकायमा भुक्तानीको चाप बढेको समयमा आर्थिक कारोबार गर्ने सफ्टवेयर नचल्दा समस्या परेको कर्मचारीहरुले सुनाएका छन् ।

हिजो शनिवार अर्थात सार्वजनिक बिदाको दिनमात्र कोष तथा लेखा नियन्त्रक कार्यालयहरूले २५ अर्ब ५५ करोड रुपैयाँ भुक्तानी गरेका छन् । महालेखाका अनुसार उस्ले असार महिना लागेपछिमात्रका २५ दिनमा १ खर्ब ५० अर्ब रुपैयाँ खर्च गरेको छ ।

Advertisement 2

महालेखाले प्रयोग गर्ने सरकारी सफ्टवेयरको गएगुज्रेको अवस्था,हाम्रो लेखा र खर्च प्रणाली तथा विभिन्न मन्त्रालय प्रशासनको अकर्मण्यताको शिकार हुँदा लेखाका कर्मचारीहरुले अनेकन भुक्तमान बेहोर्नु परेको हो । आर्थिक वर्षको अन्तमा काबु बाहिरको परिस्थिति र चर्को दवावका कारण रुनु न हाँस्नुको अवस्थामा पुगेका हुन् ।

महालेखाले खर्चमा एकरुपता र सहजताका निम्ति महालेखा नियन्त्रकको कार्यालयले सफ्टवेयर विकास गरेको छ । तर त्यहि सफ्टवेयर आधुनिक प्रणालीसँग मेल नखाँदा आर्थिक वर्षको अन्तमा सबैलाई पीडा भएको हो ।

Advertisement 3

एक जना लेखा अधिकृतले गुनासो पोख्दै भने,महालेखा नियन्त्रक कार्यालयको सफ्टवेयर वर्षमा छ महिना ह्याङ्ग हुन्छ । एउटा खर्च भौचर पनि सफ्टवेयरबाट मात्र जेनेरेटेड हुने व्यवस्था गरिएको छ । तर,सँधै ह्याङ्ग भएपछि कसरी खर्च प्रविष्ट गर्नु ?’ राजधानीको सिंहदरबार नजिकैबाट सरकारी कार्यालयहरुले कति पैसा खर्च गरे भनेर हेर्न मिल्ने भए पनि सफ्टवेयर कमसल हुँदा अहिले आपत आइलागेको हो ।

उनै लेखा अधिकृतले उदाहरण दिँदै भने, ‘पहिले म्यानुअलअन्तर्गत कतिपय शीर्षकमा रकम अभाव भएपछि अर्को शीर्षकको रकम तानेर भए पनि मिलाइन्थ्यो । त्यसपछि हिसाब मिलान हुन्थ्यो । तर अहिले त यही सफ्टवेयरका कारण एउटा शीर्षकमा रकम बाँकी छँदाछँदै अर्को शीर्षकमा चाहेर पनि रकमान्तर गर्न सकिँदैन ।’ उनले उदाहरणको लागि पानी र बिजुली शीर्षकमा रहेको बजेटको प्रसंग निकाल्दै भने, ‘बिजुलीको शीर्षकमा थोरै रकम पुगेन भने अब पानीको शीर्षकमा रहेको उक्त रकम बिजुलीमा सार्न सकिँदैन । त्यसमा पनि वर्षमा छ महिना ह्याङ्ग हुन्छ । कहिल्यै काम गर्न सकिँदैन ।’

 

प्रकाशित :२०७९ असार २६, आईतवार १३:२५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry