प्रहरीका चार जना असईसहित २३ जना प्रहरी कर्मचारी सम्पर्कविहीन, सात दिनभित्र हाजिर हुन निर्देशन
काठमाडौं । नेपाल प्रहरीका चार जना प्रहरी सहायक निरीक्षक (असई)सहित २३ जना कर्मचारी सम्पर्कविहीन भएका छन् । प्रहरी प्रधान कार्यालयले २३ जना कर्मचारी खोजतलास गर्दा पनि सम्पर्कमा नआएको भन्दै मंगलबार एक सूचना जारी गर्दै सम्पर्कमा आउन आग्रह गरेको हो ।
Advertisement 1
आफूखुसी गैर हाजिर रहेको र खोजतलास गराउँदा तथा प्रहरी नियमावली २०७१ को नियम ११५ को उपनियम दुई बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दासमेत उनीहरू कार्यालयको सम्पर्कमा नआएको कार्यालयले जनाएको छ। सूचना प्रकाशित भएको सात दिनभित्र आफू गैर हाजिर रहनुको कारणसहित उपस्थित हुन भनेको छ । उपस्थित नभएमा कानूनी व्यवस्था अनुसार उनीहरूलाई सेवाबाट बर्खास्त गर्ने प्रहरी प्रधान कार्यालयको तयारी छ ।
प्रकाशित :२०८० चैत्र १३, मंगलवार ०९:३२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%