काठमाडौं महानगरमा को आउला ?
काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले महानगरमा नयाँ प्रमुख प्रशासकीय अधिकृत खोजिरहेका छन् । महानगर अन्तर्गतको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा कर्मचारी नियुक्त गर्ने विषयमा कार्यपालिकाले गरेको निर्णय किर्ते गरेको आरोप महानगरका प्रमुख प्रशासकीय अधिृकत बसन्त अधिकारीमाथि लागेको छ। सोमबार बालेनले उनको कार्यकक्षमै ताला ठोकिदिए । मंगलबार भने अधिकारीले चढ्दै आएको सरकारी गाडी समेत महानगरपालिकाले खोसेको छ ।
Advertisement 1
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार मेयर साहले काठमाडौ महानगरमा नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाउन मन्त्रालयका उच्च कर्मचारीहरूलाई आग्रह गरेका छन्। यद्यपि अधिकारी महानगरबाट सरुवा नहुन लविङ गरीरहेका छन्।काठमाडौंकी प्रमुख प्रशासकीय अधिकृत हुन्न ईच्छा जाहिर गर्दै सरूवाका लागि दौडधुप र सबिड गर्ने सहसचिवहरुको संख्या उल्लेख्य रहेको बताइएको छ । मेयर शाहलाई रिझाएर महानगर प्रवेश गर्न सहसचिवहरुको दौडधुपमा विष्ण कोइराला, छवि रिजाल, महेश बराललगायत सक्रिय भएर लागेको बताइएको छ ।