सडक बत्तीको महशुल नतिर्ने स्थानीय तहको लाइन काट्ने विद्युत प्राधिकरणको चेतावनी

काठमाडौं । सडक बत्तीको महशुल नतिर्ने स्थानीय तहलाई नेपाल विद्युत प्राधिकरणले विद्युतको लाइन काट्ने चेतावनी दिएको छ । प्राधिकरणले शुक्रबार सूचना गर्दै विभिन्न स्थानीय तहले सडक बत्ती बालेको तर, त्यसबापत उठेको बिजुलीको महशुल नबुझाएको भन्दै यथाशिघ्र महशुल बुझाउन चेतावनी दिएको हो ।

Advertisement 1

प्राधिकरणका अनुसार सडकबत्ती बालेबापत ६ अर्ब रूपैयाँ बक्यौता रकम उठ्न बाँकी छ । प्राधिकरणले बत्तीको महशुल तिर्नका लागि आवश्यक भए किस्ताबन्दीको सुविधासमेत दिन तयार रहेको जनाएको छ । अन्यथा लाइन जुनसुकै बेला काटिनसक्ने चेतावनी प्राधिकरणले दिएको छ।

‘रीतपूर्वक सडक बत्तीको ग्राहक नबन्ने, बक्यौता महशुल समर्थन नगर्ने, महशुल नतिर्ने र बिनामिटर नेपाल विद्युत प्राधिकरणको स्वीकृति नलिई अनधिकृत तवरबाट सडक बत्ती जडान गरी प्रयोग गर्ने स्थानीय तहको सडक बत्ती र कार्यालयको समेत विद्युत् लाइन जुनसुकै बेला काटिन सक्ने व्यहोरा यसै सूचनामार्फत जानकारी गराइन्छ,’ प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रकाशित :२०८० चैत्र १६, शुक्रबार ०८:५४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry