२७ सहसचिवको सरुवामा फेरि अलमल

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २७ जना सहसचिवको सरुवा गर्न गरी सूची बनाएर पठाए पनि सरकारलाई फेरि सरुवाको निर्णय लिन सकस परेको छ । राजनीतिक खिचातानी र कर्मचारीहरुको आ–आफ्नो स्वार्थ अनुकुलको वकालतका कारण निर्णय हुन ढिलाइ भएको हो ।

Advertisement 1

एकै निकायमा २ वर्षभन्दा बढी समय बिताएका, प्रदेशमा लामोे समय काम गरिसकेका र प्रदेशमा खटाउनुपर्ने तय भएकाहरुको सरुवा प्रस्ताव गरिएको थियो ।मन्त्री, सचिवहरुले आफू अनुकुलका सहसचिवहरु खोज्ने र सहसचिवहरुले आफूलाई लाभ हुने गरी पद र कार्यालयहरु खोज्ने गर्दा सरुवा नै अनिश्चित बनेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

प्रकाशित :२०८० माघ २, मंगलवार १८:४६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry