जब सचिव मालपोत कार्यालयको आकस्मिक निरीक्षणमा निस्किए….
भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयका सचिव डा दामोदर रेग्मीले डिल्लीबजार भूमिसुधार तथा मालपोत कार्यालयको दैनिक सेवा प्रवाह तथा अभिलेख व्यवस्थापनको स्थितिको आकस्मिक निरिक्षण गरेका छन्। डिल्लीबजार भूमिसुधार तथा मालपोत कार्यालय सेवा प्रवाहको दृष्टिले संवेदनशील कार्यालयहरु मध्येमा गनिने गर्दछ ।
Advertisement 1
भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक पदमनिधि सोतीसमेत सो निरीक्षणमा सहभागी थिए । उनले डिल्लीबजार मालपोत कार्यालयका प्रमुख रामकृष्ण उप्रेती र कर्मचारीहरुलाई कार्यालयको सेवा प्रवाह गुनासो रहित र झन्झटमुक्त बनाउन र पारदर्शी तवरबाट कार्यसम्पादन गर्न अनुरोध गरेका थिए । भूकम्पले कार्यालयका धेरै भित्ताहरु चर्किएको र सो को तत्काल सुधारका लागि आवश्यक रकम प्रस्ताव गरि पठाउन समेत उनले आग्रह गरे ।
डिल्लीबजार मालपोत कार्यालयमा विभिन्न जिल्लाहरुको जग्गाहरुको ऐतिहसिक तथा प्रमाणिक अभिलेख कुत निर्धारणका ऐतिहसिक अभिलेख पुराना तलबको लागि जग्गा खान्कीका अभिलेख रजिस्ट्रेसन अभिलेख गरि एक लाख भन्दा बढि कागजातहरु छन् । देशका सवै मालपोत कार्यालयहरुमा वीसलाखको हाराहारीमा यस्ता अभिलेखहरु रहेका छन् । बाइसे चौवीसे राज्यकालीन प्रमाणका दृष्टिले यी अभिलेखहरु दीर्घकालसम्म सुरक्षित राख्नु पर्ने तर यिनीहरुको विद्युतीय प्रति नराखिदा कागजहरु च्यातिने र हराउने संभावना देखिएको छ । पोकामा राख्ने गरिएका यी अभिलेखहरुको संरक्षण हुनु आवश्यक छ । सो अवसरमा सचिव डा रेग्मीले यस्ता ऐतिहासक महत्वपूर्ण अभिलेखहरुको संरक्षण गर्ने व्यवाहारोपयोगी कार्ययोजना तत्काल तयार गरि कार्यान्वयनमा ल्याउन विभागमा महानिर्देशकलाई निर्देशन दिए ।
Advertisement 2
विभागका महानिर्देशक पदमनिधि सोती र मालपोत कार्यालयका प्रमुख रामकृष्ण उप्रेतीले कही दिनभित्र यस्तो कार्ययोजना पेश गर्ने बताए । सचिव रेग्मीले विभागको विद्युतीय प्रणालीलाई प्रभावकारी वनाउन र मालपोतको सेवा प्रवाहमा हुन सक्ने अनियमितता रोक्न विद्युतीय प्रणालीको सेवालाई प्रभावकारी बनाउन समेत निर्देशन दिएका छन् । आजै उनले राष्ट्रिय भूमि आयोगको निरीक्षण गरि भूमि आयोगको काम कारवाही वारे जानकारी लिएका थिए ।
भूमि आयोगका सदस्य सचिव विदुर खनालले मन्त्रालय र सरकारको लक्ष्य पूरा गर्न र मन्त्रालयको साख बढाउन प्रतिबध्द रहेको जनाएका थिए । मन्त्रालयको जिम्मेवारी समाल्हेपछि मालपोत र नापी कार्यालयको सेवा प्रवाहलाई चुस्त दुरुस्त र गुनासोरिहत बनाउने अभियानमा लागेका सचिव डा रेग्मीले सचिवसंग कार्यालय प्रमुख अभियान कार्यान्वयनमा ल्याइ कार्यालय प्रमुखहरु संग मासिक भर्चुअल बैठक आयोजना गर्दै आएका छन् ।