आफन्त घुमाउन सरकारी गाडी दुरुपयोग गर्दै उपसचिव पौडेल
सरकारी सवारी साधनको दुरुपयोगको बारेमा धेरै जसो समचारहरु आइरहेको हुन्छ कहिले फलानो कार्यालयको गाडी फलानो होटेलमा रोकेको छ, कहिले फलानो हाकिमले परिवार घुमाउन फलानो बिदाको दिन गएको छ, कहिले फलानो अफिसको गाडिले मल र घाँस बोकेको छ, कहिले फलानो हाकिम सा’बले हामी सबैलाई गाडी चढ्न दिनुहुन्थ्यो, कुनै हाकिम सा’बले यो गाडी त घरकै जस्तै गराउनु भो भन्ने गुनासोको साक्षी तपाई हामी भई रहन्छौ र चलेको चलन पनि यही नै छ ।
Advertisement 1
त्यस्ते फेला परेको छ कृषि क्षेत्र विकास कार्यक्रम सुर्खेतका उपसचिव शालिकराम पौडेलको । उनले कार्यालयको कर्णाली प्रदेश ०२००१ झ ०५८२ नम्वरको सेतो नम्वर प्लेटको सरकारी गाडी आफ्नो बुवा र आफन्त रारा घुमाउनका लागि प्रयोग गरेको पाइएको छ । उपसचिव पौडेलले सुर्खेत घुम्न आएका बुवा तथा आफन्तलाई रारा घुमाउन बुधबार पठाएका हुन्। बिहिबार पौडेलका आफन्तहरु रारा घुमेर शनिबारसम्म सुर्खेत पुग्ने जनाइएको छ।
कार्यालयका कर्मचारी फिल्ड जाँदा प्रयोग गरिने गाडी पौडेलले रारा पठाएका हुन्।श्रोतका अनुसार यसअघि पनि पौडेलले उक्त गाडी घर तथा ससुरालीमा १५ देखि २० दिनसम्म राख्ने गरेका थिए।