आचारसंहिता उल्लघनमा यी मन्त्रालय र कर्मचारीसँग निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

निर्वाचन आचारसंहिता उल्लघनको घटनामा आयोगले केही राजनीतिक दल,मन्त्री तथा मन्त्रालय र कर्मचारीसँग स्पष्टीकरण सोधेको छ । आयोगका अनुसार हालसम्म ४८ वटा स्पष्टीकरण सोधिएको छ ।

Advertisement 1

आचारसंहिता उल्लंघनको घटनामा आयोगले पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल,पूर्व श्रम मन्त्री तथा बारा क्षेत्र नम्बर ४ का उम्मेदवार कृष्णकुमार श्रेष्ठ,शहरी विकास मन्त्री मेटमणि चौधरी,पर्यटन मन्त्री जीवनराम श्रेष्ठका साथैं कांग्रेस महामन्त्री विश्पव्रकाश शर्मासँग स्पष्टीकरण सोधेको छ ।

नुवाकोटबाट एमालेका उम्मेद्धार बद्री मैनाली,जनमत पार्टीका अध्यक्ष सीके राउत, हाम्रो नेपाली पार्टीका अध्यक्ष अनन्तराज घिमिरे, हाम्रो नेपाली पार्टी मधुसुदन पाठक, प्रख्यात बन्जाडे, शिवशंकर यादाव, योगेशकुमार सिंह, विजय कालिकोटे, वीरवंश बैठा, राजलालय यादव, राज कुमार तिमिल्सिनालाई आयोगले स्पष्टीकरण सोधेको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम, शिशिर खनाललाई पनि स्पष्टीकरण सोधेको छ ।

Advertisement 2

यस्का अलवा भक्तपुर क्षेत्र नम्बर २ का उम्मेदवार दुर्लभ थापा,बागमती प्रदेश नुवाकोट क्षेत्र नम्बर १ ख का उम्मेदवार दिपेश ढुंगना, त्यसैगरी काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजाल,एमाले बझाङका उम्मेदवार ऐन महर,कैलाली क्षेत्र नम्बर ४ का उम्मेदवार वीरबहादुर बलायर, कैलाली क्षेत्र नम्बर ४ क का उम्मेदवार दीर्घबहादुर सोडारी र माओवादी केन्द्रका केन्द्रीय सदस्य लक्ष्मिराम आचार्यालाई आयोगले स्पष्टीकरण सोधको छ ।

त्यसैगरी शहरी मन्त्रालयको सचिव रमेश सिंह,श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय,प्रधानमन्त्री तथा मन्त्रिपरिष्दको कार्यालय, अर्थ मन्त्रालय, गण्डकी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, शहरी विकास मन्त्रालय काठमाडौं, नेपाल प्रज्ञा प्रतिष्ठान, अर्थ मन्त्रालय, धितोपत्र बोर्ड, बीमा समितिका अलवा पचरौता नगरपालिकाका प्रमुख जलन्धरसिंह जैसवार, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अधिकृत गोकुल वस्ती, जनस्वास्थ्य केन्द्रीय विभागलाई स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।

Advertisement 3

आयोगका अनुसार सिरहाका शिक्षक जिवछ यादवलाई पनि स्पष्टीकण सोधिएको छ । निर्वाचन आचारसंहिता उलंघन गरेको भन्दै निर्वाचन आयोगले शिक्षक जीबछ यादव लाई स्पष्टीकरण सोधेको हो । सामाजिक सञ्जाल मार्फत राजनीतिक गतिविधि गरेकोमा यादवलाई आयोगमा उपस्थित स्वयं भएर स्पष्टीकरण दिन भनिएको थियो । जीबछ उदासी नामको सामाजिक सञ्जालबाट राजनीतिक गतिविधिमा साथै उम्मेदवारको मत मागेपछि आयोगले स्पष्टीकरण सोधेको हो ।सिरहाका कर्मचारीलाई आयोगले स्पष्टीकरण सोधेको यो पहिलो पटक हो ।
जिल्ला निर्वाचन कार्यालय सिरहाका निर्वाचन अधिकृत इन्दिरा यादवका शिक्षक यादवलाई ईमेल मार्फत निर्वाचन आयोगको पत्र पठाएर २४ घण्टा भित्र जिल्ला निर्वाचन कार्यालय वा निर्वाचन आयोगमा स्वयं उपस्थित भएर स्पष्टीकरण दिन भनिएको छ । शिक्षक यादव गोरखापत्र दैनिकका लहान संवाददाता समेत हुन ।

यस्का अलवा भरतपुर अस्पताल, स्वास्थ्य सेवा विभाग टेकु, हरिपूर्वा नगरपालिकाका  प्रमुख प्रशासकीय अधिकृत बसन्त न्यौपाने, अछामका शिक्षक तिलक कुँवर, प्रेस काउन्सिल नेपाल, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी, आर्थिक मामिला तथा योजना मन्त्रालय गण्डकी, मुख्य सचिव मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी, सचिव आर्थिक मामिला तथा योजना मन्त्रालय गण्डकीलाई आयोगले स्पष्टीकरण सोधेको छ ।

आयोगले स्पष्टीकरण सोधेकामा हालसम्म ३२ जनाले आयोगलाई जवाफ दिइसकेका आयोगले जनाएको छ ।

प्रकाशित :२०७९ कार्तिक ६, आईतवार ०७:२१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry