१ करोड १७ लाख भ्रष्टाचार आरोपित सदस्यसचिव थापा तीन लाख धरौटीमा छुटे

पशुपतिमा जलहरी राख्दा सुन हिनामिना गरेको आरोपमा पक्राउ परेका तत्कालीन सदस्यसचिव मिलनकुमार थापालाई तीन लाख धरौटी छुटेका छन् ।

Advertisement 1

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलहरी प्रकरणमा पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिव डा मिलनकुमार थापा, तत्कालीन सदस्य–सचिव डा प्रदीप ढकालसहित तीन जनाविरुद्ध जनही १७ लाख १ हजार ७८१ रुपैयाँ बिगो माग दाबी गर्दै गत असोजमा मुद्धा चलाएको थियो ।

अख्तियारले पशुपतिनाथ मन्दिरमा जलहरी राख्दा सुन हिनामिना गरेको आरोपमा सदस्य–सचिव थापा, तत्कालीन सदस्य–सचिव ढकाल र कोषका तत्कालीन बिशेट नाइके (स्टोरकिपर) अरुणकुमार श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

Advertisement 2

विशेष अदालतका न्यायाधीशद्वय खुसीप्रसाद थारू र रामबहादुर थापाको इजलासले थापालाई तीन लाख धरौटीमा छाड्ने आदेश दिएको हो ।

प्रकाशित :२०८० पुष २८, शनिबार ०९:२८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry