विचौलियाको प्रभावमा यातायात कार्यालय, एकाबिहानै २६ दलाल पक्राउ

Advertisement 1
सेवाग्राहीको अत्याधिक चाप हुने यातायात कार्यालय विचौलियाको बिगबिगी बढदै गएको छ । बिचौलियाका कारण यातायातको सेवा प्रवाहमा समेत नराम्ररी बसर परिरहेको छ ।
आजै मात्र एकै पटक प्रहरीले २६ जना विचौलियालाई पक्राउ गरेको छ । यातायात व्यवस्था कार्यालय, मोटरसाइकल (बागमती) कार्यालय,गुर्जुधाराबाट एकै पटक २६ जना बिचौलियाहरूलाई पक्राउ गरेको हो ।
सेवाग्राहीलाई हैरानी दिएर रकम असुल्ने गरेको अभियोगमा पक्राउ परेका २६ जना बिचौलियालाई प्रहरी परिसर टेकुमा राखिएको छ ।
यस अघि अस्तिमात्र सेवाग्राहीलाई अनुचितरुपले प्रभावमा पार्ने ५ र फर्जी स्वास्थ्य परीक्षण रिपोर्ट बनाउने कार्यमा सम्लग्न २ गरी ७ जनालाई पक्राउ गरिएको थियो ।
Advertisement 2
ललितपुरको एकान्तकुना यातायात व्यवस्था कार्यालय र काठमाडौँको ठूलोभर्याङ तथा चाबहिलबाट उनीहरूलाई पक्राउ गरिएको थियो । मंगलबारमात्र यातायात कार्यालयमा सेवाग्राहीलाई अनुचित प्रभावमा पारेको अभियोगमा सात जना विचौलियालाई प्रहरीले नियन्त्रमा लिएको थियो ।