सिंहदरबारको ‘कुरुप चित्र’ :- शासक र प्रशासकको सक्कली चरित्र !

देशको प्रमुख प्रशासकीय क्षेत्र सिंहदरबारभित्र धेरै अनौठा दृश्यहरु देखा पर्दछन । मुलुकै प्रमुख प्रशासकीय केन्द्रमा चल्न र चलाउन मिल्ने खालका सवारी साधनलाई कवाडी बनाएर कवाडीखानाजस्तो बनाइएको छ । हरेक जसो मन्त्रालयका नजिकै सरकारी नम्बर प्लेटका गाडी पाकिङ स्थल बनेका छन्। अधिकांश मन्त्रालयको पाकिङस्थलमा पुराना गाडी र मोटरसाइकल त्यत्तिकै फ्याकिरहेको देख्न सकिन्छ। सरकारी खर्चमा नयाँ नयाँ गाडी र मोटरसाइकल आएपछि कर्मचारीले पुराना सवारी पार्किङमा छोड्ने गर्दै आएका छन् ।

Advertisement 1


सामान्य मर्मत सम्भार गरेर चलाउन सकिने सवारी साधन फालेर नयाँ गाडीको मोहमा शासकदेखि प्रशासकसम्म लागेको देखिन्छ । लाखौं मूल्य पर्ने सवारी साधनले कौडीको मूल्य पनि पाएको छैन । अधिकांश मन्त्रालयका कर्मचारीहरुले चल्न मिल्ने सवारीलाई मिल्काएर नयाँ गाडी खरिद गर्ने गरेका छन् ।सरकारी सम्पत्ति संरक्षण नगर्ने तर दोहन गर्ने शासक र प्रशासकहरुको चरित्र बन्यो । राज्यका स्रोत साधनलाई कहाँ बाट कसरी हुन्छ सकेसम्म बढीभन्दा बढी दोहन गर्ने ध्याउन्नमा छन राज्यका शासनसत्ता चलाउनेहरु । त्यही कारण त सिंहदरबारभित्र बस्ने कर्मचारी तथा नेताहरु चल्न मिल्ने र बनाएर चलाउन सक्ने गाडीलाई कवाडीमा थन्काउने र नयाँ गाडी खरिद गर्ने प्रतिष्प्रर्धा नै चल्दछ कर्मचारी र मन्त्रीहरुबीच । किनकी नयाँ गाडी खरिद गर्दा मोटै कमिसन हात लाग्दछ । त्यही कमिसनको लालचमा बनाएर चलाउन सकिने र बनाउन मिल्ने सवारी साधन समेत कवाडमा थन्काइएको भेटिन्छ ।

Advertisement 2

सिंहदरबारभित्र विभिन्न मन्त्रालय र निकायमा अर्बौं मूल्यका झन्डै तीनसय भन्दा गाडी लामो समयदेखि उपयोगविहीन अवस्थामा राखिँदै आएका छन् । कतिपय मर्मत गरेर चालू अवस्थामा आउन सक्ने खालका छन् भने कतिपय गाडी कवाडीमा बिक्री गर्नुपर्ने अवस्थाका छन् ।

 

Advertisement 3

प्रकाशित :२०७९ बैशाख ९, शुक्रबार १४:४४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry