स्थानीय तहका कर्मचारीहरुले कालोपट्टी बाँधेर निजामती दिवस मनाउने
सरकारले आगामी २२ भदौं मा निजामती सेवा दिवस मनाउँदै छ । सो दिनमा केही स्थानीय तहका कर्मचारीहरुले विरोधस्वरुप कालोपट्टी बाँधेर निजामती सेवा दिवस मनाउने तयारी गरिरहेका छन् ।
Advertisement 1
रास्कोट गाउँपालिका र हिलिहाङ गाउँपालिकाका कर्मचारीहरुले निजामती सेवा दिवसलाई विरोधस्वरुप कालोपट्टी बाँधेर मनाउने भएका हुन ।
मन्त्रालयले गत भदौं ५ गते सै स्थानीय तह र प्रदेशलाई २२ भदौंमा निजामती सेवा दिवस मनाउन परिपत्र गरेको थियो ।
स्थानीय तहका कर्मचारीहरुको सेवासुविधा, वृत्ति विकासको सुनिश्चित नभएको र प्रस्तावित संघीय निजामती सेवा ऐनको मस्यौदामा समेत स्थानीय तहका कर्मचारीहरुलाई निजामतीमा नसमेटिएको कारण निजामती सेवा दिवस मनाउन उपयुक्त नठानी २२ भदौंमा हातमा कालोपट्टी बाँधेर विरोध जनाउने र स्थानीय तहका कर्मचारीहरुको सेवा सुविधासम्बन्धी व्यवस्था नभएसम्म निजामती सेवा दिवस नमाउने भन्दै उनीहरुले सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएका छन् ।
ती स्थानीय तहका कर्मचारीहरुले आठ सूत्रीय माग राख्दै सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।
Advertisement 2
उनीहरुले संघीय निजामती सेवा ऐन नभइ एकीकृत निजामती सेवा ऐन ल्याउनुपर्ने,सेवा समूहको आधारमा सरकारी सेवाको प्रवेशद्धार स्थानीय तहमात्र हुनुपर्ने,चक्रीय सरुवा प्रणाली हुनुपर्ने,अन्तरप्रदेश सरुवाको व्यवस्था ऐनमै गरिनुपर्ने,निजामती अस्पतालमा सबै कर्मचारीहरुले उपचार पाउनुपर्ने,प्रमुख प्रशासकीय पद स्थानीय तहकै हुनुपर्ने लगायतका माग राखेका छन् ।