केएल दुगडले बिषाक्त तेल बेच्दा वाणिज्य र खाद्यका डीजी मौन

बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण बिभागका महानिर्देशक तीर्थराज चिलुवाल र निर्देशक आनन्दराज पोखरेलको खटपटको मौकामा धेरै मुनाफा आर्जन गर्नकै लागि व्यापारी तथा उद्योगीहरुले मानव स्वास्थमा खेलवाड गर्दै आएका छन् ।

Advertisement 1

खाद्य वस्तु उत्पादन गर्ने उद्योगी, व्यवसायी र व्यापारीहरुले सिधा नाङ्गो आखाले हेर्दा थाहा नहुने अखाद्य वस्तु मिसावट गरिरहेका छन् । बजारमा सर्वसाधरण उपभोक्ताले खरिद गर्ने प्रायः सबै प्रकारका खाद्य बस्तुमा विभिन्न प्रकारको अखाद्य बस्तु मिसावट भए पनि नियमक निकाय भने मौन छन् । खाद्य वस्तुको गुणस्तरमा कम आउन नदिन र गर्नेलाई कारबाही गर्ने निकाय भने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण बिभाग हो । तर, उनीहरु भने कानमा तेल हालेर बसिरहेका छन् ।

केएल दुगड कम्पनीले शुद्ध तोरीको तेल भन्दै धारा ब्राण्डको तोरीको तेल प्रतिलिटर ३ सय ४० रुपैयाँका दरले बेचिरहेको छ । उपभोक्तालाई झुक्याएर उक्त तेल बेचिरहेको दुगडले तोरीको तेल भन्दै अर्को ब्राण्डको प्रतिलिटर २ सय १० रुपैयाँमै बजारमा ल्याएको छ । उक्त तेलमा पाल्मोलिन ओयल समेत मिसावट गर्ने गरेको चर्को गुनासो छ ।

Advertisement 2

जबकि नेपाली बजारमा तोरीको दाना नै प्रतिकेजी १ सय ३५ रुपैयाँ पर्छ । त्यस्तो तोरीको ४० प्रतिशत मात्रै तेल आउने विज्ञहरू बताउँछन् । यस्तो अवस्थामा दुगडले कसरी शुद्ध भन्दै ती मूल्यमा तोरीको तेल बेचिरहेको छ ? यसमा वाणिज्य विभागको ध्यान जानसकेको छैन ।

मन्त्रालय र वाणिज्य विभागको नेतृत्वलाई प्रभावमा पारेर दुगडले तोरीको तेलको नाममा बिषाक्त तेल बिक्री गरी जनस्वास्थ्यमा ठूलो खेलवाड गर्दा पनि दुबै विभागको ध्यान जानसकेको छैन । यस विषयमा बुझ्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग महानिर्देशकलाई सम्पर्क गर्दा उनी सम्पर्कमा आइनन् । खाद्य बस्तुसँग सम्वन्धित कुनै जानकारी लिनु परेको छ वा खाद्य तथा गुण नियन्त्रण विभागको कर्तव्य भित्र पर्ने कुनै पनि जानकारी लिन पछिल्लो समय निकै नै कठिन हुँदै गएको छ । सरकारले सञ्चार सेवाका महानिर्देशक र प्रवक्ता दुवैलाई टेलिफोनको पैसा पनि तिर्दिने गर्दछ । तर खाद्य प्रविधि तथा गुण विभागका प्रवक्ता र महानिर्देशक दुवैले मोवाईल फोन हत्त पत्त उठाउँदै उठाउँदैनन् ।

प्रकाशित :२०८० पुष २४, मंगलवार १२:२३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry