१०६ सेक्सन अफिसरको पदस्थापना (सूचीसहित)

गृह मन्त्रालयले एक सय छ जना शाखा अधिकृतहरूको पदस्थापना गरेको छ। मन्त्रालयले गत फागुनमा लोकसेवाबाट नाम निकाली सेवाकालीन तालिम सम्पन्न गरेका १०६ जना अफिसरहरुको पदस्थापन गरेको हो । जसअनुसार अधिकृतलाई जिल्ला प्रशासन, इलाका प्रशासन, कारागार व्यवस्थापन र अध्यागमन कार्यालयमा पदस्थापन गर्ने निर्णय गरेको हो । जसमध्ये एक महिलासहित आठजनालाई सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएर खटाइएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले केही महिना अघि नवनियुक्त शाखा अधिकृतसँग अनलाइनबाट आवेदन माग्दा धेरैको रोजाईमा गृह प्रशासन परेको थियो । गृहका ८७ दरबन्दी माग गरिएकोमा १०६ जनालाई गृहमातहत पदस्थापन गराइको छ ।

Advertisement 1

new_officer

 

 

प्रकाशित :२०७८ चैत्र ३, बिहीबार २०:०७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry