कान्छो सहसचिव बने काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृत

काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सहसचिव प्रदिप परियार नियुक्त भएका छन्। परियार यसअघि राष्ट्रिय योजना आयोगमा कार्यरत थिए। उनलाई बुधबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौंको प्रमुख प्रशासकीय अधिकृत नियुक्त गरेको हो।

Advertisement 1

मेयर बालेन्द्र शाहले परियारसहित तीनजनाको नाम संघीय मामिला तथा प्रशासन मन्त्रालयमा सिफारिस गरेका थिए। सिफारिस गरिएका मध्येबाट परियारलाई काठमाडौंको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा पठाएको हो।

परियार देशकै कान्छो सहसचिव हुन्। पर्वतमा एउटा सामान्य परिवारमा जन्मिएका प्रदीप लोकसेवा भिडेर खुला प्रतिष्प्रर्धाबाट सहसचिव बन्न सफल भएका हुन । प्रदीपका बुवा आमा अहिले पनि गाउँमा कृषि कर्म गरिरहेका छन् । उनका दाजु भने अधिकृतको रुपमा सरकारी सेवामै छन् ।हुने विरुवाको चिल्लो पात भनेझैं प्रदीप स्कूले जीवनमा कहिल्यै दोश्रो भएनन । जिल्लाकै भवानी विद्यापिठमा अध्ययन गरेका उनी कक्षा १ देखि १० कक्षा सधै प्रथम भए । प्लस टु शान इन्टरनेसन,स्नातक पब्लिक युथ क्याम्पसबाट पार लगाएका उनले अस्ट्रेलियाली सरकारको छात्रावृत्तिमा अस्ट्रेलियन नेसनल युनिभर्सिटीबाट स्नात्तकोत्तर उत्र्तीण गरे ।

Advertisement 2

०६९ सालमा नायब सुब्बाबाट निजामती सेवामा पाइला राखेका उनी त्यसपछि शाखा अधिकृतका रुपमा काम गरे । ७० सालदेखि ७८ सालसम्म शाखा अधिकृकै रुपमा कार्यरत उनी एकै पटक सहसचिवमा भिडे र नाम निकाल्न सफल पनि भए । उनी अधिकृत भएकै ८ बर्ष पूरा भइसकेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शाखा अधिकृतको रूपमा कार्यरत परियारले निजामती सेवामा पाइला राखेको ९ बर्ष बितेको छ । निजामती सेवामा शाखा अधिकृत भएको पाँच बर्ष पूरा भए पछि सहसचिव पदमा भिड्न पाइन्छ । त्यही प्रावधान अनुसार उनी उपसचिव पदमा पनि भिडे,तिनै वटा प्रतिष्पर्धामा नाम निकाल्न सफल भए ।प्रदीपका अनुसार,उनले यही बर्ष उपसचिवमा समेत नाम निकालेका थिए एक पटक मात्र होइन तीन तीन पटक । प्रशासनतर्फ आन्तरिक र खुला दुवैबाट आवेदन दिएकोमा दुवैमा नाम निस्केको थियो भने परराष्ट्रको उपसचिवमा भिडे । त्यहाँ पनि उनी सफल भएका थिए । सँगसँगै उनले सहसचिव पनि भिडे खुला प्रतिष्प्रर्धीबाट । र सहसचिवमा नाम निकाल्न सफल भए ।

महानगर स्रोतका अनुसार परियारलाई सोमबार कार्यालयमा स्वागत गर्ने तयारी छ। ‘उहाँलाई सोमबार कार्यालय बोलाउनेगरी तयारी अघि बढेको छ,’ मेयर शाहको सचिवालय स्रोतले भन्यो। परियार आउने भएपछि महानगरका कर्मचारी पनि उत्साहित छन्। एक कर्मचारीले भने, ‘मेयर साबजस्तै उत्साह बोकेको अधिकृत पाउँदा हामीलाई पनि काम गर्न सहज हुने आशा राखेका छौँ।’

प्रकाशित :२०८० माघ ७, आईतवार १०:४५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry