स्थानीय तहमा टिकेनन् कर्मचारी, दुईदेखि पाँच महिनामै सरुवा

अहिले धेरै जसो स्थानीय तहहरुमा कर्मचारी र जनप्रतिनिधिबीच मनमुटाव भएको देखिन्छ । यहि कारणले गर्दा छोटो समयमै कर्मचारी सरुवा भएर जाने समस्या बढेको छ । कर्मचारी र जनप्रतिनिधिबीचको विवादका कारण स्थानीय तहमा कर्मचारी टिक्न सकेका छैनन् । कर्मचारीको छिटो–छिटो सरुवा हुँदा विकास निर्माणका काममा पनि बाधा परिरहेको छ । जनप्रतिनिधिले आफ्नो अनुकूल कामका लागि दबाब दिने र दबाब पूरा नहुँदा दुःख दिने गरेको कर्मचारीको गुनासो छ । जनप्रतिनिधि भने स्थानीय तहमा कर्मचारीतन्त्र मौलाउन खोजेको आरोप लगाउँछन् ।
यस्तै समस्या देखिन्छ प्यूठानमा । नौ स्थानीय तह रहेको प्यूठानमा झिमरुक गाउँपालिका, प्यूठान नगरपालिका, स्वर्गद्वारी नगरपालिका र ऐरावती गाउँपालिकामा कर्मचारी र जनप्रतिनिधिबीचको विवाद बढी देखिने गरेको छ । प्यूठान नगरपालिकामा मात्रै गएको ६ वर्षमा जनप्रतिनिधि र कर्मचारीको विवादका कारण ११ जना कार्यालय प्रमुख फेरिएका छन् । केही जनप्रतिनिधिको दबाब सहन नसकेर सरुवा भए भने केही काम गर्न नसकेर सरुवा मिलाएर गए । नगरपालिकामा आएका ११ जना कार्यालय प्रमुखमध्ये तीन जनाले मात्रै एक वर्षको समय बिताए । बाँकी ९ जना दुईदेखि पाँच महिनामै सरुवा भएर गए ।

Advertisement 1

स्थानीय तहको निर्वाचनपछि नगरपालिकामा सरुवा भएर आएका नारायणप्रसाद भण्डारी डेढ वर्ष नगरपालिकामा प्रमुखको जिम्मेवारीमा रहे । त्यसपछि सरुवा भएर आएका ५ जना प्रमुखले नगरपालिकामा पाँच महिनाभन्दा बढी समय काम गर्न पाएनन् । खिमबहादुर रायमाझी पाँच महिना, काशीराम गैरे तीन महिना, केशवराज गौतम दुई महिना, टोपेन्द्रबहादुर केसी पाँच महिना र पुष्करराज आचार्य दुई महिनामै नगरपालिकाबाट सरुवा भएर गए ।

 

प्रकाशित :२०७८ असार २५, शुक्रबार ०९:२४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry