११२ प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको सरुवा (सूचीसहित)

काठमाडौं। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतसहित ११२ जना कर्मचारीको सरुवा गरेको छ।
Advertisement 1
मन्त्रालयले सोमबार निर्णय गर्दै देशभरका विभिन्न पालिका तथा स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत (प्रप्रअ) र शाखा अधिकृत तहका कर्मचारीहरूको जिम्मेवारी हेरफेर गरेको हो।
मन्त्रालयका अनुसार प्रशासनिक जनशक्तिको सन्तुलित व्यवस्थापन, सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने तथा स्थानीय तहमा प्रशासनिक नेतृत्वलाई व्यवस्थित गर्ने उद्देश्यले सरुवा गरिएको हो।
Advertisement 2
सरुवा सूचीअनुसार विभिन्न जिल्लाका पालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृतलाई एक स्थानीय तहबाट अर्को स्थानीय तहमा खटाइएको छ। त्यस्तै, शाखा अधिकृत तहका कर्मचारीको पनि विभिन्न पालिकामा पदस्थापन गरिएको छ।
पछिल्लो समय मन्त्रालयले स्थानीय तहमा जनशक्ति व्यवस्थापनलाई प्राथमिकता दिँदै नियमित रूपमा प्रमुख प्रशासकीय अधिकृत तथा अन्य कर्मचारीहरूको सरुवा गर्दै आएको छ। यसअघि पनि मन्त्रालयले उपसचिव, शाखा अधिकृत, नायब सुब्बा र खरिदार तहका कर्मचारीहरूको सरुवा गरेको थियो।
सूची हेर्नुहोस्








