अधिकृतलाई झापड हान्ने उपसचिवलाई कारवाहीको तयारी :- हुनसक्छ २ बर्षको बढुवा वा तलबबृद्धि रोक्का
संघीय संसद सचिवालयका महिला शाखा अधिकृतलाई झापड हान्ने उपसचिवलाई कारबाहीको तयारी भइरहेको छ ।
Advertisement 1
संघीय संसदका उपसचिव रामप्रसाद गैरेले एक शाखा अधिकृत महिलामाथि हातपात गरेसँगै उनीमाथि कारवाहीको प्रक्रिया अगाडि बढाइएको बताइएको छ। प्रतिवेदनमा आफ्नो नाम छुटेको भन्दै उपसचिव गैरेले कार्यकक्षमै महिला अधिकृतलाई झापड हानेका थिए । घटना न्नुभएको हो । मलाई मात्र होइन, साथीलाई पनि झापड हान्ने प्रयास गर्नुभएको थियो,’ पीडित शाखा अधिकृतले भनिन् । घटना गत मंसिर १९ गतेको हो ।
सो घटना पछि पीडित अधिकृतले विभागीय कारबाहीका लागि संसद सचिवालयमा निवेदन दिएकी थिइन । निवेदन पछि संसद सचिवालयको प्रशासनले गैरेसँग स्पष्टीकरण सोधेको थियो । त्यसकै आधारमा उनीमाथि कारबाहीको तयारी भएको हो ।
उपसचिव गैरेमाथि संघीय संसद सचिवालय ऐन २०६४ को दफा ८३ अनुसार कारबाही गर्ने तयारी छ । यो दफा अनुसार कारबाही भएमा उनको २ वर्षदेखि ५ वर्षसम्म बढुवा वा तलबवृद्धि रोक्का हुने छ ।