गृहमा अनेकन गाइजात्रा
अरुलाई प्रोटोकल सिकाउने मन्त्रालयको हबिगत कस्तो भने त्यहाँ ‘नाकको काम मुखले, मुखको काम नाकले’ गरिरहेको छ !
त्यही गृहमन्त्रालय/गृहमन्त्री, जस्ले पोट्रोकल बनाउँछ र अरुलाई पाठ पढाउँछ । तिनै मन्त्री र मन्त्रालयकै हबिगत कस्तो भने मास्टरलाई ल्याएर मन्त्रीको निजी होइन स्वकीय सचिवमा भर्ती गर्दछ ।
Advertisement 1
शिक्षकको काम विद्यार्थी पढाउने हो र उस्को दरबन्दी विद्यालयमा हुनुपर्ने हो तर एक जना सरकारी शिक्षक बर्ष दिनदेखि लाज पचाएर मन्त्रीको स्वकीय सचिवका रुपमा काम गरिरहेका छन् । चितवनको शारदानगर माध्यमिक विद्यालयमा दरबन्दी रहेको नरेन्द्र केसी बर्ष दिनदेखि गृहमन्त्री बालकृष्ण खाँणको स्वकीय सचिवको रुपमा कार्यरत छन् । उनले आफू कार्यरत विद्यालयबाट काज बिदा मिलाएर मन्त्री खाँणको स्वकीय सचिव रुपमा सचिवलायमा कार्यरत रहेका छन् । नर्सरीदेखि प्लस टुसम्म पढाई हुने सो विद्यालयमा २३ जना शिक्षकको दरबन्दी छ । एक जना महानगरको अनुदानमा नियुक्त भएका शिक्षक छन् । सात सय बढी विद्यार्थी पढ्ने विद्यालयका प्राचार्य भने बर्षदिनदेखि काजमा गृह मन्त्रालयतिर रमाइरहेका छन् ।
उनको काज सरुवा पछि सो विद्यालयमा तीन शिक्षक रिक्त हुन पुगेको विद्यालयले जनाएको छ । उनको काज सरुवालाई शिक्षाविद् प्रा डा विद्यानाथ कोइरालाले गृहमन्त्री बालकृष्ण खाँणको ‘बुद्धि नभएको’ रुपमा टिप्पणी गरेका छन् । शिक्षकलाई पनि विद्यालयको प्राचार्य हुँदा होइन पिए हुँदा खुसी मिल्छ भने त्यस्ता शिक्षकबाट कस्तो संष्कार र कस्तो शिक्षाको अपेक्षा गर्न सकिएला ? खासमा मन्त्रालयको सरकारी काममा सहयोग पु¥याउन निजामती कर्मचारीभित्रबाट निजी सचिवको व्यवस्था गरिएको हुन्छ भने निजी कामका लागि स्वकीय सचिव । प्रचार्यजस्तो व्यक्ति नियम विपरित स्वकीय सचिव बसिरहेका छन् । सम्बन्धित पार्टीले आफ्ना मन्त्रीहरूको स्वकीय सचिव पार्टी तहबाटै सिफारिस गर्ने भनिए पनि मन्त्रीहरूले मनखुसी स्वकीय सचिव नियुक्त गर्ने प्रवृत्ति छ । त्यसो गर्दा मन्त्रीका गोप्य कुरा बाहिर जाने भएन,परिवारभित्रै सीमित रहने भयो ।
अहिले सर्वाधिक खोजीमा छन् एम अधिकारी । तर नरेन्द्र कस्ता शिक्षक भने,काँग्रेसको १४ औं महाअधिवेशनमा चितवन क्षेत्र नम्बर दुईबाट महाअधिवेशन प्रतिनिधिको रुपमा मैदान उत्रिए र शर्मानक परिणामसहित पराजित भए । शिक्षक यसरी खुलेआम दलको महाअधिवेशन प्रतिनिधि बन्दा समेत कारवाही गर्ने अख्तियारी पाएको निकायले देख्दैन ।
Advertisement 2
उसो त मन्त्रीले आफ्नो सचिवालयमा कार्य सम्पादनमा सहयोग पु¥याउने र आफ्नो प्रतिष्ठा बढाउन मद्धत गर्ने निजी तथा स्वकीय सचिव बनाउनु पर्नेमा मन्त्रीको पद–प्रतिष्ठा जोगाउन होइन, बिचौलिया र उठ्तीपुठ्तीको काम गर्नमा नै केन्द्रित हुने गरी पिए भर्ती गर्ने गरेको देखिन्छ । उनै खाँणका एक सहयोगीले एक जना सहसचिवलाई सिडियो बनाएर गाडी उपहार लिएको चर्चा गृह मन्त्रालयभित्र व्यापक छ ।
त्यही अर्काे गडबडी गर्नेमा थपिएका छन्,सुनिल खनाल,अवकाशप्राप्त सहसचिव । जो मन्त्री खाँणका शान्ति सुरक्षा सल्लाहकारको जिम्मेवारीमा छन्,अहिले । यी कस्ता भने आफू अनिवार्य अवकाशमा जानुअघि गृहको क्याडर बाहिरकी पत्नी सुप्रभालाई उर्जाबाट तानेर काठमाडौं जिल्ला प्रशासन कार्यालयको सहायक सिडिओ बनाउन भ्याएका थिए । मन्त्रीको सल्लाहकार नियुक्त भए लगतै भाइ अनिललाई सोलुखुम्बुको प्रमुख जिल्ला अधिकारी बनाउन भ्याए । यस्का अलवा गृहका कर्मचारी सरुवामा अनावश्यक हस्तक्षेप गर्दै आएको आरोप छ उनीमाथि ।