अधिकृत आठौ तहसम्म ट्रेड युनियन अधिकारको व्यवस्था हुनुपर्ने

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीले अधिकृत आठौ तहसम्म ट्रेड युनियन अधिकारको व्यवस्था हुनुपर्ने माग गरेको छ । संघीय निजामती सेवा विधेयक सरकारले स्वीकृत गरे पनि सार्वजनिक नगरेका बेला निजामतीले सोमबार पत्रकार सम्मेलन गर्दै माग राखेको हो । संगठनका अध्यक्ष अम्बादत्त भट्टले संगठनले एकीकृत ट्रेड युनियन अधिकार सम्वन्धि व्यवस्थामा तीन तहको आधिकारिक ट्रेड युनियनको व्यवस्था गरेर अधिकृत आठौ तहसम्म ट्रेड युनियन अधिकारको व्यवस्था हुनुपर्ने बताएका छन्।
Advertisement 1
‘जहाँ सरकार त्यहाँ ट्रेड युनियनको मान्यता’ वमोजिम राष्ट्रिय स्तरका ट्रेड युनियनले सरकारी इकाइ अनुरुप आफ्ना संगठन संरचना गठन गर्नुपर्ने, आधिकारिक ट्रेड युनियनको निर्वाचनमा समानुपातिक तथा समावेशी प्रणाली अवलम्वन गर्ने र केन्द्रिय समितिमा स्थानीय तह र प्रदेश तहको प्रतिनिधित्व तोकिए वमोजिम हुनुपर्नेमा जोड दिएको छ ।