बहालवाला कर्मचारीहरुले ईपीयस परीक्षा दिन पाउँछन् ?

हालैमात्र तेह्रथुमबाट एक जना स्थायी शिक्षकले पेशाबाटै राजीनामा दिएर वैदेशिक रोजगारीका लागि कोरिया पुगे । उनीझैं सयौं शिक्षक,नेपाल प्रहरी,नोपली सेना लगायतका तल्ला तहमा कार्यरत सरकारी कर्मचारीहरु सरकारी सेवाबाट राजीनामा गरेर कोरिया जाने धेरै छन् ।

Advertisement 1

ईपीयस कोरिया शाखा कार्यालयका निर्देशक गुरूदत्त सुवेदीका अनुसार,यसरी सरकारी जागिर छाडेर रोजगारीका लागि कोरिया जानेमा शिक्षक,प्रहरी निरीक्षक, नायब सुब्बा, शिक्षक सेवाको जागिर छाडेर जानेहरु छन् ।

सुवेदीका अनुसार हालसम्म रोजगारीका लागि १ लाख ५ हजारभन्दा बढी नेपाली कोरिया गइसकेका छन् । तीमध्ये १० प्रतिशत हाराहारी सरकारी जागिरबाट राजीनामा दिएर रोजगारीका लागि कोरिया छिरेका हुन ।

Advertisement 2

मासिक रुपमा ३ देखि ५ लाखसम्म कमाई हुने हुँदा नेपाली श्रमिकहरुका लागि कोरिया आकर्षक रोजगारीको मूलुक बन्न पुगेको छ ।
यही बर्ष पनि दक्षिण कोरियाले उत्पादनमूलक क्षेत्रका लागि १५ हजार ८४८ नेपाली श्रमिक लैजाँदै छ । सो मागका आधारमा वैदेशिक रोजगार विभागको इपीएस कोरिया शाखाले यही पुस २ देखि ६ गतेसम्म अनलाइनमार्फत आवेदन दर्ता गर्न भनेको छ ।
यो अवधिसम्ममा झण्डै ७० हजारभन्दा बढीले आवेदन दिइसकेको वैदेशिक रोजगार विभागको इपीएस कोरिया शाखाले
जनाएको छ ।
आवेदन दिने समय भोलिसम्म बाँकी छ । यो संख्या अझैं थपिने बताइएको छ कारण अस्तिको परीक्षामा अनुत्र्तिण भएकाहरुलाई समेत आवेदन दिन दिनु भन्ने उच्च अदालत पाटनले आजै आदेश दिएको बताइएको छ ।

धेरै बहालवाला कर्मचारीको जिज्ञासा छ,हामीले ईपीयस कोरिया परीक्षा दिन पाउँछौं कि पाउँदैनौं ? निर्देशक सुवेदीसँग यस बिषयमा जिज्ञासा निजामती ऐनले डिभी भर्न,पिआर लिन,अन्यन्त्र रोजगारी गर्न तथा व्यवसाय गर्न रोक लगाएको भए पनि ईपीयस कोरिया भाषा परीक्षा दिन बन्देज नलगाएको प्रष्टाए ।

प्रकाशित :२०८० पुष ५, बिहीबार १८:५५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry