बागमती प्रदेश सरकारले माग्यो २६ जना कर्मचारी (सूचनासहित)
बागमती प्रदेश सरकारले २६ जना कर्मचारी माग गरेको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै विभिन्न जिल्लामा रहेका आयोजनाहरुका लागि २६ जना इन्जिनियर माग गरेको हो ।
Advertisement 1
मन्त्रालयले करारमा नियुक्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो । सूचनाअनुसार अधिकृत सातौँ तहको हाइवे उपसमूहका १८ र इन्जिनियर सातौ तहकै बी एण्ड आर उपसमूहका ८ सिभिल इन्जिनियर माग गरिएको छ ।
इच्छुक उम्मेदवारले आजको मितिले १५ दिनभित्र आवेदन दिन सूचित गरिएको छ ।
प्रकाशित :२०७७ आश्विन १४, बुधबार ११:०५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%