१९ मन्त्रालयले लुकाए कर्मचारी रमानाको विवरण,कार्यालय प्रमुखलाई कारवाहीको तयारी
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीहरुको रमनाको विवरण लुकाउने विभागीय प्रमुखहरुलाई कारवाहीको तयारी थालेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी मन्त्री भए पछि उनले विभिन्न ४० वटा निकायलाई परिपत्र गर्दै ती निकायमा कार्यरत कर्मचारीहरुको दरबन्दी,रिक्त दरबन्द्यी देखि रमाना लिएका कर्मचारीहरुको विवरण पठाउन पटक पटक ताकेता गरिएको थियो ।
मन्त्री मोदीले माघदेखि यता चार महिनाको अवधिमा पाँच पटक परिपत्र गर्दै सरकारी निकायहरुलाई कर्मचारीहरुले रमाना लिएको विवरण पठाउन आग्रह गरिए पनि विभागीय मन्त्रीको निर्देशनलाई वेवस्था गर्दै आएका कर्मचारीहरु कारवाहीमा पर्न लागेका हुन ।
Advertisement 1
मोदी मन्त्री भए यता माघ २७,फागुन ३०, वैशाख २८, जेठ ३ र ३० मा गरी पाँच पटकसम्म मन्त्रालय तथा सरकारी निकायमा रहेका कर्मचारीको नाम, पदसंख्या, सेवा समूह, हाल कार्यालयमा कार्यरत अवधि, दरबन्दीको अवस्था र रिक्त संख्या उपलब्ध गराउन पटक पटक तोकता गरे पनि सरकारी निकायका कर्मचारीहरुले विभागीय मन्त्रीलाई अटेरी गरेका हुन ।
अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भए यता पटक पटक गरी पाँच पटकसम्म विभिन्न मन्त्रालय तथा निकायलाई त्यहाँ रहेका कर्मचारीहरुको दरबन्दी विवरण माग गरे पनि तीन वटा बाहेक अन्य मन्त्रालयले विवरण नपठाएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले इकर्मचारी डटकमलाई जानकारी दिएका छन् । मन्त्रालयले ४० भन्दा बढी मन्त्रालय, आयोग र सचिवालयलाई पत्र लेखेर विवरण मागेकामा तीन वटा मन्त्रालय र बाँकी १७ वटा निकायले आंशिक सूचना दिएका छन् ।
मन्त्री मोदीका अनुसार हालसम्म शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मात्र कर्मचारीहरूले रमाना लिएको वा नलिएको भन्ने विवरण पठाएका छन् ।
रमानाको विवरण लुकाउने प्रमुखलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कारवाहीको तयारी थालेको छ ।