सर्वोच्चमा प्रस्तावित सबै न्यायाधीशको सुनुवाइ सकियो
काठमाडौं । सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ सकिएको छ । सोमबार प्रतिनिधिसभा अन्तर्रगतको संसदीय सुनुवाइ समितिको बैठकमा सर्वोच्चमा प्रस्तावित सबै ६ जना न्यायाधीशको सुनुवाइ सकिएको हो ।
Advertisement 1
आज सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको सुनुवाइ सकिएसँगै प्रस्तावित ६ जनाकै सुनुवाइ सकिएको हो । यसअघि हिजो आइतबार महेश शर्मा पौडेल र टेकप्रसाद ढुङ्गानाले तथा त्यसअघि सारंगा सुवेदी र अब्दुल अजीज मुसलमानको पनि संसदीय सुनुवाइ भएको थियो । समितिबाट नाम अनुमोदन भएमा उनीहरू नियुक्तिका निम्ति योग्य हुनेछन् ।
गएको मंसिर ५ गते न्याय परिषद्ले उनीहरूलाई सर्वोच्चमा नियुक्तिको सिफारिस गरेको थियो। संसदीय समितिले प्रस्तावित न्यायाधीशका विषयमा निर्णय बुधबारको बैठकबाट गर्नेछ ।
प्रकाशित :२०८० पुष २, सोमबार १६:५६
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%