२९ शाखा अधिकृतहरुको सरुवा (सूचीसहित)
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २९ जना प्रमुख प्रशासकीय तथा शाखा अधिकृतको सरुवा गरेको छ ।
Advertisement 1
मन्त्रालयले विभिन्न स्थानीय तह, मन्त्रालय तथा आयोगमा कार्यरत अधिकृतहरूको सरुवा गरेको हो ।
सरुवा भएकामध्ये १९ जना प्रमुख प्रशासकीय अधिकृत र १० शाखा अधिकृतहरु रहेका छन् ।
सरुवा भएका अधिकृतहरुमा निर्वाचन आयोग अन्तर्गत कार्यालय सुरेश भण्डारी मायादेवी गाउँपालिका रुपन्देही पुगेका छन् । सो पालिकामा प्रमुख प्रशासकीय अधिकृत रहेका कृष्ण तिमिल्सिना पाल्हीनन्दन गाउँपालिकामा पठाइएको छ ।
Advertisement 2
वाराहपोखरी,खोटागमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत नइन्द्रप्रसाद दाहाल सूचना तथा सञ्चार मन्त्रालयमा ल्याइएको छ । सो ठाउँमा विकेन पौडेललाई पठाइएको छ ।
पकहाँ मैनपुरमा प्रमुख प्रशासकीय अधिकृत रहेका राज कुशवाह गृह मन्त्रालय अन्तरगत तानिएका छन् । शाखा अधिकृत विकास खनाल मालिका गाउँपालिका,गुल्मीमा प्रमुख प्रशासकीय अधिकृतका रुपमा खटिएका छन् । सो पालिकाबाट चन्द्रकान्त भण्डारी विरुवा गाँउपालिका,स्याग्जा खटाइएको छ । विरुवामा प्रमुख प्रशासकीय अधिकृत रहेका अनन्तराज न्यौपानेलाई गृह मन्त्रालय अन्तर्गत ल्याइएको छ ।
यस्तै पाल्हीनन्दन गाउँपालिकाबाट पर्शुराम पोखरेल गृहमा तानिँदा भूमि व्यवस्था मन्त्रालयमा कार्यरत भक्तबहादुर राई ताप्ली गाउँपालिका ,उदयपुर पठाइएको छ ।
यस्तै,पाँचपोखरी गाउँपालिका सिन्धुपाल्चोकबाट लक्ष्मण कुँइकेललाई तेमाल गाउँपालिका,काभ्रेमा सरुवा गरिएको छ ।
त्रिपुरासुन्दरी डोल्पा गाउँपालिका शिक्षा अधिकृत लालप्रसाद पोखरेल शिक्षा मन्त्रालयमा ल्याइएको छ ।
जिसस सप्तरीका शाखा अधिकृत केशव कुमार झालाई महादेवा गाउँपालिका सप्तरी पठाइएको छ ।
सरुवामा परेका अन्य अधिकृतहरुमा जलेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रवीण कुमार झालाई महोत्तरी गाउँपालिका, प्रमोद कुमार चौधरीलाई बुर्जु गाँउपालिकाबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,१ नम्बर प्रदेशमा खटाएर १ नम्बर प्रदेशका शाखा अधिकृत बाबुनन्दन मेहत्तालाई बुर्जु गाउँपालिकामा खटाइएको छ ।
प्रतापपुर गाउँपालिकाबाट चिरञ्जिवी घिमिरेलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनीमा पठाइँदा प्रतापुरमा सुस्ता गाउँपालिकाबाट बुद्ध प्रकाश पौडेललाई लगिएको छ ।
रसुवाका नौकुण्ड गाउँपालिका कार्यरत नेत्रराज गिरी तामाकोशी गाउँपालिमामा सरुवा भएका छन् । तामाकोशीबाट गोरखनाथ मिश्र गृह मन्त्रालय अन्तर्गत भित्रिएका छन् ।
यस्तै तारकेश्वर गाउँपालिकाबाट राजु अधिकारीलाई गजुरी गाउँपालिकाबाट पठाइँदा त्यहाँ कार्यरत लालबहादुर योगी त्रिवेणी गाउँपालिका रोल्पातिर पुगेका छन् ।
मुखियापट्टी मुसहरनिया गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत रणजीत कुमार यादव जिसस ताप्लेजुुगमा पठाइएको छ ।
सामान्य प्रशासनका शाखा अधिकृत काजिमान राई माईजोगमाई गाँउपालिका इलामा पठाइँदा सो पालिकाका प्रमुख प्रशासकीय अधिकृत भागवत प्रसाद रेग्मी मुख्यमन्त्री कार्यालय १ नम्बर प्रदेशमा सरुवा भएका छन् ।
जिसस झापाका सन्तोष श्रेष्ठलाई झापाकै गौरीगञ्ज गाँउपालिकाको जिम्मा लगाइएको छ भने गौरीगञ्जबाट मणिराम खनाल तुम्बेबा गाँउपालिका पाँचथर सरुवा भएर गएका छन् । त्यहाँका प्रमुख प्रशासकीय अधिकृत सरोज भट्टलाई भूमि व्यवस्था मन्त्रालयमा भित्र्याइएको छ ।
यस्तै तीला गाउँपालिका जुम्लाबाट मीन बहादुर रावललाई गृहमा ल्याइएको छ ।