पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा थपलिया र मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा गौतम नियुक्त
काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा.विजुकुमार थपलिया र मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा.ध्रुवकुमार गौतम नियुक्त भएका छन् । विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थपलिया र गौतमलाई मंगलबार उपकुलपतिमा नियुक्त गरेका प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।
Advertisement 1
थपलिया पूर्वाञ्चल विश्वविद्यालय व्यवस्थापन संकायका पूर्व डिन हुन्गौ भने गौतम त्रिवि योजना निर्देशनालयका निर्देशक हुन् । उपकुलपति छनोट गर्न गठित विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारीको अध्यक्षतामा रहेको तीन सदस्यीय सिफारिस समितिले मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा सिफारिस समितिले गौतमसँगै नन्दबहादुर सिंह र देवबहादुर खड्काको नाम सिफारिस गरेको थियो ।
यस्तै पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति सिफारिस गर्नका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको अध्यक्षतामा गठित छनोट तथा सिफारिस समितिले थपलियासँगै महेशराज दाहाल र देवीप्रसाद भट्टराईको नाम सिफारिस गरेको थियो । दुवै छनोट तथा सिफारिस समितिले दरखास्त माग गरी कार्ययोजना, सोचपत्र र अन्तर्वार्ताको आधारमा छनोट गरी सिफारिस गरेका थिए ।
Advertisement 2
विज्ञ समूहले कार्ययोजना सोचपत्रको मूल्यांकन गरी छनोट गरेको समितिले दाबी गरेका छन् । सिफारिस भएको प्राथमिकताकै आधारमा नै उपकुलपति नियुक्त गरिएको प्रधानमन्त्री प्रचण्डको को सचिवालयले जनाएको छ । शिक्षामन्त्री श्रेष्ठ र प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयमा हुने दलीय भागबन्डाको अन्त्य गर्दे प्राज्ञिक प्रतिस्पर्धाका आधारमा नियुक्त गर्ने घोषणा गर्दै आएका छन् ।
यसैविच सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस भएको छ । उपकुलपति छनोट तथा सिफारिस समितिले प्रा.डा.हेमराज पन्त, प्रा.डा.अक्कल देव मिश्र र प्रा.डा.भावनीदत्त जोशीको नाम सिफारिस गरेको हो ।
Advertisement 3
विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारीको अध्यक्षतामा गठित उपकुलपति छनोट तथा सिफारिस समितिले दरखास्त आह्वान गर्दा १० जनाको आवेदन परेको थियो । सोचपत्र र कार्ययोजनाको मूल्याङ्कनपछि अन्तर्वार्ता लिएर तीन जना सिफारिसमा परेका हुन् ।