निजामती क्षेत्रको विकृती :- ७ महिनामै चार पटक सरुवा

कर्मचारीको सरुवा नियमित प्रक्रिया हो । अझैं सरकार,मन्त्री फेरबदल भएसँगै प्रशासकको सरुवा हुनु कुनै नौलो बिषय होइन् ।
तर, सरुवाका नाममा यस्तो स्थिती पनि देखिदैं छ कि एक जना सचिव पछिल्ला सात महिनामा चार पटक सरुवा भएका छन् । यस्ले हाम्रो सरुवा प्रणाली र प्रक्रियाको स्थिती झल्काउँछ । यसरी एउटा निकायमा दुई महिना पूरा काम गर्न नदिई लखेटिने सचिव हुन इ. मणिराम गेलाल । जो पछिल्लो सात महिनामा चार पटक सरुवा भएका हुन ।
सिंचाई सचिवका रुपमा कार्यरत रहेका गेलाललाई अस्ति सोमबारको क्याविनेटले जल तथा ऊर्जा आयोग सचिवालयमा सरुवा गरेको हो । गेलालको ठाउँमा आयोग सचिवालयका सचिव सागर राईलाई ल्याइएको छ ।
Advertisement 1
सिंचाइ आउनुअघि गेलाल राष्ट्रिय पुनः निर्माण प्राधिकरणमा थिए । प्राधिकरणमा उनी जम्मा तीन महिना मात्र बस्न पाए । प्राधिकरण आउनुअघि गेलाल राष्ट्रिय सतर्कता केन्द्रमा थिए । सतर्कता केन्द्रमा पनि जम्मा दुई महिना मात्र काम गदागर्दै सरुवा भएको थियो ।
गत १० फागुनमा राष्ट्रिय सर्तकता केन्द्रबाट पुर्ननिर्माण प्राधिकरणमा हाजिर भएका सचिव इ मणिराम गेलालको त्यहाँबाट सरुवा गरी उर्जा,सिचाँई तथा जलश्रोत मन्त्रालयमा पठाइएको थियो । सिँचाईमा पुगेको दुई महिना नपुग्दै उनलाई त्यहाँबाट जल तथा उर्जा आयोगको सचिवालयमा खटाइएको छ ।
गेलाल भक्तपुरका स्थानीय बासिन्दा हुन् । चाँगुनारायण माविबाट २०४० सालमा एसएलसी उत्तीर्ण गरेका गेलाललाई केही अघि सचिवमा बढूवा भएका थिए । लामो समय सहरी विकास तथा भवन निर्माण विभागको कमाण्ड सम्हालेका उनको बढुवा पछि पोष्टिङ राष्ट्रिय सतर्कता केन्द्रमा भएको थियो । तीन महिनामै त्यहाँबाट उनको सरुवा पुर्ननिर्माण प्राधिकरणमा भएको थियो । पुननिर्माण प्राधिकरणमा सरुवा भएर गएको महिना दिन नपुग्दै उनलाई जलश्रोत तथा सिँचाई मन्त्रालयमा पठाइएकोमा त्यहाँबाट दुई महिना नपुग्दै जल तथा उर्जा आयोगको सचिवालयमा पठाइएको हो ।