स्वास्थ्यका कर्मचारीले समायोजन संशोधनका लागि फागुन १ देखि १६गतेसम्म निवेदन दिन सक्ने
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजन संशोधन तथा मिलान गर्ने चाहने कर्मचारीसँग निवेदन माग गरेको छ । भन्त्रालयले एक सूचना प्रकाशन री आगामी १ फागुनदेखि १६ फागुनभित्र आवेदन माग गरेको छ । संघबाट प्रदेश वा स्थानीय तहमा,एक प्रदेशबाट अर्काे प्रदेशमा वा एक स्थानीय तहबाट अर्काे स्थानीय तहमा समायोजन संशोधन वा मिलान गर्न चाहने स्वास्थ्य सेवाका कर्मचारीहरुले समायोजन संशोधनका लागि निवेदन दिन सक्नेछन् ।
यस्तै समायोजन नभएका, भएका र मिलान गर्न चाहने कर्मचारीले पनि १६ दिनभित्रमा निवेदन दिइसक्नुपर्नेछ । मन्त्रालयका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट जारी भएको ‘कर्मचारी समायोजन तथा मिलान सम्बन्धी मापदण्ड, २०७७’ मा व्यवस्था भएअनुसार समायोजन तथा मिलान गरिने पनि जनाएको छ।
Advertisement 1
यसका लागि मन्त्रालयले स्वास्थ्य सेवाका कार्मचारीका लागि ‘स्वास्थ्य सेवाका कर्मचारीहरुको समायोजन मिलान सम्बन्धी व्यवस्थाहरु, २०७७’ समेत ल्याएको छ। समायोजनका लागि निवेदन दिन चाहने कर्मचारीहरुले स्वास्थ्य मन्त्रालयको वेवसाइटमा रहेको उक्त व्यवस्था अनुसार नै तोकिएको ढाँचा अनुसार निवेदन दिन पनि सूचित गरेको छ।
निवदेकले समायोजन भएको र समायोजन भई जान इच्छुक भएको तहको तोकिए बमोजिम ढाँचामा सहमति पत्र र यस अघि समायोजन भएको समयोजनको पत्र पनि निवेदनका साथ पेस गर्नुपर्ने बताइएको छ।