थप तीन उपसचिव सहसचिवमा बढुवा सिफारिस
बढुवा सिफारिस समितिले थप तीन जना उपसचिवलाई सहसचिवमा बढुवा सिफारिस गरेको छ । बढुवा सिफारिस समितिले कार्यक्षमताको मूल्याङ्कनद्वारा नेपाल लेखापरीक्षण र आर्थिक योजना तथा तथ्याङ्क सेवाका उपसचिवहरूलाई राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) मा बढुवाका लागि सिफारिस गरेको हो ।
Advertisement 1
निजामती सेवा ऐन २०४९ को दफा २०(४) र २४ च अनुसार ती उपसचिवहरुलाई सहसचिवमा बढुवा सिफारिस गरिएको हो ।लेखापरीक्षणतर्फ बढुवा सिफारिस हुनेहरूमा घनश्याम काफ्ले र रामप्रसाद उपाध्याय रहेका छन् भने आर्थिक योजना तथा तथ्याङ्क सेवातर्फ महेशकुमार सुवेदी रहेका छन् ।
प्रकाशित :२०८० मंसिर २६, मंगलवार ०९:४७
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%