नायब सुब्बा कुटपिटको सीसीफुटेज नै गायब

गत बुधबार जिल्ला अदालत ललितपुरकी नायव सुब्बा प्रेमिका तामाङमाथि कुटपिट भयो । अपरान्ह साढे बजे अधिवक्ता अमिर लामिछानेले उनीमाथि हातपात गरे,अपशव्द बोले । लगाइरहेको कार्यालयको ड्रेस च्यातियो,दाँत हल्लिनुका साथैं ओठमा घाउ भयो ।

Advertisement 1

घटनालगतै अधिवक्ता प्रहरी हिरासतमा राखिएको छ । यो घटनापछि अदालतका कर्मचारीहरुले आन्दोलित छन् । कानुन व्यवसायीहरु पनि ।बयानका क्रममा अधिवक्ता लामिछानेले उल्टै नायब सुब्बा तमाङ आफूमाथि जाइलागेको प्रहरीलाई बयान दिएपछि जिल्ला प्रहरी परिसर ललितपुरले अदालतसँग सीसीटीभी फुटेज माग्यो ।


तर जिल्ला अदालत ललितपुरले सीसीटिभि नै विग्रिएको जबाफ फर्काएको छ । उक्त घटनाका बेला रेकर्ड भएको सीसीटीभी फुटेज नै नरहेको जवाफ प्रहरीलाई अदालत प्रशासनले दिएको हो।

Advertisement 2

जिल्ला अदालत ललितपुरका श्रेस्तेदार विष्णुप्रसाद पाण्डेले महिना दिन अगाडि नै सीसीटीभी फुटेज विग्रिएको जबाफ दिएका छन् । उनले सोही अनुसार सर्वाेच्च अदालतलाई पत्राचार समेत गरिएको स्पष्ट पारे ।

प्रकाशित :२०८० असार १७, आईतवार १५:१९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry