वायुसेवा निगमको अध्यक्ष घिमिरेले दिए पदबाट राजीनामा

नेपाल वायू सेवा निगमका अध्यक्ष सुशील घिमिरेले पदबाट राजीनामा दिनुभएको छ । केहीबेर अघि उनले आफ्नो राजीनामा पत्र बुझाएका छन् । संष्कृति पर्यटन तथा नागरिक उड्डन मन्त्री परिवर्तन भएसँगै घिमिरेले नेपाल वायू सेवाको अध्यक्ष पदबाट राजीनामा दिनुभएको हो ।

Advertisement 1

मन्त्रालय स्रोतले उहाँले राजीनामा दिनुभएको पुष्टि गरेको छ ।  पूर्व सचिव समेत रहेका घिमिरेलाई सरकारले गत ७७ साल वैशाख २ को मन्त्रिपरिषदको बैठकले नेपाल एयरयाइन्सको कार्यकारी अध्यक्षमा नियुक्त गरेको थियो । घिमिरेलाई तत्कालीन पर्यटन मन्त्री योगेश भट्टराईको सिफारिसमा अध्यक्षमा नियुक्त हुनुभएको थियो ।केही महिनापछि डिमप्रकाश पौडेललाई महाप्रबन्धक बनाइएपछि घिमिरे सेरोमेनियल अध्यक्ष थिए ।

राजीनामा दिनुको कारण नखुले पनि नयाँ मन्त्री फेरिएसँगै काम गर्ने असहज हुने देखेर उहाँले राजीनामा दिनुभएको आँकलन गरिएको छ । अहिले संष्कृति पर्यटन मन्त्रीमा उमाशंकर अगरिया नियुक्त हुनुभएको छ ।

Advertisement 2

यसअघि पनि सरकारले मदन खरेललाई कार्यकारी अध्यक्ष बनाएको थियो। उनी कार्यकाल नसिकंदै राजिनामा दिएर बाहिरिएका थिए।

प्रकाशित :२०७८ जेष्ठ २८, शुक्रबार १४:४०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry