इन्जिनियर साह १ लाख ४० हजार रुपौयाँ सहित अख्तियारको नियन्त्रणमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ लाख ४० हजार रुपौयाँ सहित एक कर्मचारीलाई पक्राउ गरेको छ ।सप्तरी जिल्ला शम्भुनाथ नगरपालिकामा कार्यरत इन्जिनियर रामचन्द्र साहलाई अख्तियारले पक्राउ गरेको हो ।

Advertisement 1

इन्जिनियर साहले निर्माण कार्यको भुक्तानी वापत सेवाग्राहीसँग घुस माग गरेपछि आयोगको कार्यालय इटहरीबाट खटिईएको टोलीले इन्जिनियर साहलाई पक्राउ गरेको आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारी जानकारी दिए ।  उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रवक्ता भण्डारी बताएका छन्।

प्रकाशित :२०७९ माघ ३, मंगलवार १६:३८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry