रंगेहात घुस मुद्धामा विशेष अदालतका १० फैसलाविरुद्ध सर्वाेच्च पुग्यो अख्तियार

विशेष अदालतका फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वाेच्च अदालतमा पुगेको छ । विशेष अदालतबाट भएका फैसलामा असहमति जनाउँदै टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वाेच्च अदालतमा पुगेको छ ।
Advertisement 1
घुससहित रंगेहात पक्राउ परेका व्यक्तिविरुद्धको मुद्दामा विशेष अदालतले गरेको पछिल्ला फैसलामा चित्त नबुझेपछि अख्तियार सर्वाेच्चमा पुगेको हो । अख्तियारले विशेष अदालतले गरेका यस्ता केही फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ ।
Advertisement 2
अख्तियारले गत चैतदेखि जेठसम्म भएका फैसलामध्ये १० वटा मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन दिने निर्णय गरेको छ । यी १० वटामा दुईवटा बाहेक सबै मुद्दा रंगेहात घुससम्बन्धी छन् । बाँकी एउटा मुद्दा प्रश्नपत्रको गोपनीयता सम्बन्धी छ भने अर्को मुद्दा गलत प्रतिवेदन पेश गरेको विषयमा छ ।
प्रकाशित :२०७९ आश्विन ३१, सोमबार १८:४६
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%