मन्त्रीको रोजाईमा महत्तो,कप्र महाशाखा प्रमुख दाहाललाई सारियो संघीय मामिला महाशाखातिर

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीले  मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाको प्रमुखको जिम्मेवारी हेरफेर गरेकी छिन ।  तीन महिनामै कर्मचारी प्रशासन माहाशाखाको प्रमुख सुमन दाहाललाई हटाएर त्यहाँ सहसचिव रामकुमार महत्तोलाई जिम्मेवारी दिइएको हो ।

Advertisement 1

गतिलो जनसंगठन नभएको जनमत पार्टीको मन्त्री अनिताले आफ्ना टिममा गत भदौं २२ मा राष्ट्रिय योजना आयोगबाट सहसचिव सुमन दाहाललाई लगेकी थिइन । सिके राउतका दाजु जयकान्त योजना आयोगको सदस्य,उनकै सिफारिसमा अहिलेसम्म अर्थ मन्त्रालयको कर्मचारी प्रशासन,भन्सार हुँदै कोशी प्रदेशको सचिव हुँदासम्म दाग नलागेका सुमन दाहाललाई सामान्य प्रशासनको कर्मचारी प्रशासन महाशाखामा लगिएको थियो । तर तीन महिनामै दाहाललाई अन्यन्त्र पठाएर त्यहाँ रामकुमार महत्तोलाई ल्याइएको हो ।

अहिलेसम्म कहिँ कतै लाग नलागेका  काविल प्रशासक दाहाललाई असफल पार्न केही शाखा अधिकृतहरु नै हात धोएर लागिपरेको बताइन्छ । विशेष गरी कर्मचारी सरुवालाई पारदर्शी बनाउन खोजेको दाहाललाई असफल पार्न गरी सचिव विनोद सिंहले आफ्नो टिममा पूर्व गृहमन्त्री बालकृष्ण खाँणकै कोर टिममा रहेर काम गरेका अधिकृतद्धय कुलशेखर अर्याल,भाष्कर दाहालहरुलाई सामान्य प्रशासनमा भित्र्याएका थिए । सचिवले कप्रका लगेका एसम्यानहरुले सहसचिव सुमन दाहालका निर्देशन नै टेर्न छाडेको र मनलाग्दी ढंगले सरुवा गर्न थालेपछि सहसचिव दाहाल रुष्ट थिए ।सरुवालाई पारदर्शी बनाउन खोज्दा उनलाई त्यहाँबाट संघीय मामिला महाशाखातिर पुर्याइएको हो ।

Advertisement 2

दाहाललाई संघीय मामिला महाशाखामा सारिएको छ भने कप्रमा स्थानीय तह क्षमता विकास महाशाखा हेर्दै आएका राम कुमार महतोलाई ल्याइएको छ । डा नारायण रेग्मीलाई महतोको ठाउँमा स्थानीय तह क्षमता विकास महाशाखा प्रमुखको जिम्मेवारी दिइएर खटाइएको छ ।

प्रकाशित :२०८० मंसिर २५, सोमबार ०८:४७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम