विज्ञान प्रविधि पुरस्कार क- कस्को पोल्टामा ?
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विज्ञान तथा प्रविधि क्षेत्रमा उल्लेख्य योगदान पुर्याउने व्यक्तिहरुलाई पुरस्कृत गर्ने भएको छ । ९ औं विज्ञान तथा प्रविधि दिवसको अवसर पारेर मन्त्रालयले २५ हजार राशीको पुरस्कारबाट मणि दाहाल,डा दिपकप्रसाद बास्तोला,प्राडा उदयराज खनाल,प्राडा प्रकाश घिमिरे,डा प्रदीप ज्ञवाली र डा आभाष मास्केलाई सम्मान गर्न लागिएको जनाएको छ ।
मन्त्रालयको अनुसार यस बर्षको विज्ञान तथा प्रविधि पुरस्कारबाट कान्तिपुर दैनिकका मणि दाहाल, एरोनोटिकल इन्जिनियरिङ पुरस्कारबाट दीपकप्रसाद बास्तोला, अन्तरिक्ष पुरस्कारबाट प्राडा उदयराज खनाल,जैविक प्रविधि पुरस्कारबाट प्राडा प्रकाश घिमिरे,विपद् न्यूनीकरण पुरस्कारबाट डा प्रदीप ज्ञवाली र उदयीमान प्रविधि पुरस्कारबाट डा आभाष मास्केलाई पुरस्कृत गर्न लागेको जनाइएको छ ।
Advertisement 1
साथैं विज्ञान प्रविधिको उन्नयन र विकासमा योगदान पुर्याउने विभिन्न ७ लब्ध प्रतिष्ठित व्यक्ति र संस्थालाई समेत कदर पत्र प्रदान गर्ने लागिएको छ । यस्तो कदर पत्र प्राप्त गर्नेहरुमा विपी संग्रालयदेखि विज्ञान प्रविधि मन्त्तालयका शाखा अधिकृत महेश श्रेष्ठ,मन्त्रालयको मेकानिकल इञ्जिनियर गिता बस्याल,राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका वैज्ञानिक दिनेश कुमार झा लगायत छन् ।
Advertisement 2
विज्ञान तथा प्रविधिको उन्नत विकास, प्रकोप र महामारीबाट सहज निकास भन्ने नाराका साथ मनाइन लागेको सो दिवसको मुख्य सचिव शंकरदास बैरागी प्रमुख अतिथि को रुपमा आमन्त्रण गरिएको छ ।
सरकारले गत ७० सालदेखि विज्ञान प्रविधि दिवस मनाउँदै आएको छ ।