अर्थ मन्त्रालयका ६० उपसचिवको सरुवा (को कहाँ पुगे ?)


अर्थ मन्त्रालयले एकै पटक ठूलो संख्यामा उपसचिवहरुको सरुवा गरेको छ । मन्त्रालयले हिजो बिहिबार एकै पटक ६० भन्दा बढी राजश्व समूहका उपसचिवको सरुवा गरेको हो । यसरी सरुवा भएका उपसचिवहरुमा मणिराम पौडेललाई भैरहवा भन्सारको प्रमुखको जिम्मेवारी दिइएर पठाइएको छ । आन्तरिक राजस्व कार्यालय भैरहवामा भन्सार विभागबाट मुक्तिराम आचार्यलाई पठाइएको छ। यस्तै रामप्रसाद रेग्मी रसुवागढी भन्सारको प्रमुख भएर खटिएका छन् । त्यहाँका प्रमुख पुण्यविक्रम खड्का भन्सार विभागमका तानिएका छन् ।
यस्तै ध्रुव पोखरेललाई ठूला करदाता कार्यालयमा खटाइएको छ । उपत्याकाभित्रका मालदार स्थान मानिएको आन्तरिक राजस्व कार्यालय नयाँ बानेश्वरमा उपसचिव नरेन्द्र पाण्डेलाई खटाइएको छ भने त्यहाँका हाकिम लालप्रसाद शर्मालाई आन्तरिक राजस्व विभाग ल्याइएको छ।यस्तै राजेन्द्र चुडाललाई आन्तरिक राजस्व कार्यालय त्रिपुरेश्वरको प्रमुख बनेका छन्। त्यहाँका शरद निरौलालाई अर्थ मन्त्रालयमा तानिएको छ।

Advertisement 1


यस्तै सुवोध खतिवडालाई आन्तरिक राजस्व कार्यालय बालाजु पठाइएको छ। बालाजुबाट ईन्द्र देवकोटालाई मन्त्रालयमा तानिएको छ । यस्तै आन्तरिक राजस्व कार्यालय पुतलीसडकका प्रमुख नरबहादुर थापालाई कैलाली भन्सारमा र उपसचिव टंक लम्साल अर्थ मन्त्रालयमा तानिएको छ भने कर्ण तिमिल्सिना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट टंगालमा पठाइएको छ । निरन भट्टराई ललितपुर क्षेत्र नं २ मा सरुवा भएका छन्,तिलक खड्का आन्तरिक राजस्व कार्यालय कोटेश्वरको कार्यालय प्रमुख भएका छन्

शन्त ढकाल र पूर्ण न्यौपानेको सरुवा ठूला करदाता कार्यालयमा भएको छ।यस्तै तीर्थराज चिलुवालको आन्तरिक राजस्व कार्यालय महाराजगञ्जमा सरुवा भएको छ।नवराज अर्याल ठूला करदाता कार्यालय गएका छन्।विष्णु पौडेल र किशोर बर्तौला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गएका छन्।

Advertisement 2


लोकप्रसाद न्यौपानेको सरुवा तालिम केन्द्रमा सरुवा भएको छ। ध्रुव ज्ञवालीको आन्तरिक राजस्व विभागमा सरुवा भएको छ। उपसचिव प्रकाश पौडेल आन्तरिक राजस्व विभाग गएका छन्।

यस्तै भरतपुर कार्यालयको प्रमुखको जिम्मेवारी घनश्याम पन्थीले पाएका छन् त्यहाँबाट शुभप्रसाद रिजाल आन्तरिक राजस्व विभागमा तानिएको छ।पन्थीको समायोजन हुँदा प्रदेशमा खटाइएका थिए पछि सर्वाेच्चमा मुद्धा मामिला गरेनन् मात्र उनीहरुको सरुवा नै सामान्यले संशोधन गराएको थियो ।

Advertisement 3

आन्तरिक राजस्व विभागका शालिकराम आचार्यलाई आन्तरिक राजस्व कार्यालय हेटौँडा पठाइएको छ।

यस्तै मिमांस अधिकारीको कञ्चनपुर भन्सार कार्यालयमा सरुवा भएको छ। जनकराज शर्मा आन्तरिक राजस्व कार्यालय बागलुङ पुर्याइएको छ। उनी यस अघि मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखामा कार्यरत थिए ।

उपसचिव भुपालराज शाक्य मध्यमस्तरीय करदाता कार्यालय खटाइएको मन्त्रालयले जनाएको छ । नारायण ढकाल आन्तरिक राजस्व कार्यालय दमौली पठाइएको छन् । त्यहाँबाट सूर्य सेढाँईलाई भन्सार विभागमा तानिएको छ।

उपसचिवहरू हरिहर पौडेल र दिलिप केसीको वीरगञ्ज भन्सार कार्यालय पर्सा पुगेका छन् भने त्यहाँका प्रमुखलाई अर्थमै तानिएको छ ।रामप्रसाद पाठक अर्थ मन्त्रालयमा, लक्ष्मी पराजुली आन्तरिक राजस्व विभागमा, डमरु पराजुली आन्तरिक राजस्व कार्यालय दमकमा खटाइएको छ ।

आन्तरिक राजस्व विभागबाट शरदचन्द्र पौडेल नेपालगञ्ज पुगेका छन्। विभागबाट सम्झना बराल र जगदिश बसेललाई ठूला करदाता कार्यालय पठाइएको छ। यस्तै गोपी कोइराला आन्तरिक राजस्व कार्यालय दाङ गएका छन्।

उपसचिव राजकुमार खतिवडाको आन्तरिक राजस्व कार्यालय लहानमा सरुवा भएको छ। यस्तै नारायण भण्डारी आन्तरिक राजस्व कार्यालय सिमरा, डिल्ली लेखक र विश्वबन्धु पौडेलको अर्थ मन्त्रालयमा सरुवा भएको छ।

हेमराज सुवेदी र मदन दाहालको आन्तरिक राजस्व विभागमा सरुवा भएको छ। कमल राजलवटको आन्तरिक राजस्व कार्यालय धुलिखेल र जय भण्डारीको नेपालगञ्ज भन्सारमा सरुवा भएको छ। आन्तरिक राजस्व कार्यालय न्युरोडका प्रमुख रामप्रसाद मैनालीको सरुवा आन्तरिक राजस्व कार्यालय सुर्खेतमा भएको छ।

तुलसी चौलागाईंको अर्थ मन्त्रालयमा र खेमनारायण रेग्मीको राजस्व परामर्श विकास समितिमा सरुवा भएको छ।

ध्रुव पाण्डेको सरुवा आन्तरिक राजस्व कार्यालय बुटवलमा भएको छ। पाण्डे समायोजन भएर प्रदेशमा पठाइएका पछि सर्वाेच्च पुगेर मुद्धा मामिला गरी संघमै फर्किएका उपसचिव हुन् । अर्जुन न्यौपानेको सरुवा सुनसरी भन्सारमा भएको छ। जनार्दन पौडेल कृष्णनगर भन्सारमा सरुवा भएको छ। । गजेन्द्र यादवको सरुवा आन्तरिक राजस्व कार्यालय जनकपुरमा भएको छ। सुदिश अर्यालय मध्यमस्तरीय करदाता कार्यालय गएका छन्। दिनेश पाण्डे आन्तरिक राजस्व कार्यालय कृष्णनगरमा गएका छन्।

ईश्वरी अर्याल अर्थ मन्त्रालय फर्केका छन्। राजनबाबु काफ्ले भन्सार जाँचपास परीक्षण कार्यालयमा र शान्तिराम निरौला आन्तरिक राजस्व कार्यालय इटहरीमा सरुवा भएका छन्। कमल भट्टराई भैरहवाबाट भन्सार विभाग फर्केका छन्। गोपाल खत्रीको अर्थ मन्त्रालयमा सरुवा भएको छ। मानबहादुर खत्री भन्सार विभाग आएका छन्।

प्रकाशित :२०७७ कार्तिक २८, शुक्रबार १२:०९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry